बिग ब्याश लीगमा खेलेर इतिहास रच्न तयार रविचन्द्रन अश्विन

IMG-20250923-WA0155

नयाँ दिल्ली: भारतका दिग्गज अफ् स्पिनर रविचन्द्रन अश्विन टी२० क्रिकेटमा नयाँ इतिहास रच्ने नजिक रहेका छन्। अश्विन अष्ट्रेलियाको बिग ब्याश लीग (बीबीएल)-मा खेल्ने पहिलो सक्रिय भारतीय पुरुष क्रिकेटर बन्न सक्छन्।
अष्ट्रेलियाका ४ वटा टीम (सिडनी थण्डर, होबार्ट हरिकेन्स, सिडनी सिक्सर्स र एडिलेड स्ट्राईकर्स) अश्विनलाई हासिल गर्ने रेसमा सामेल छ। ईएसपीएनक्रिकइन्फो-को रिपोर्ट अनुसार, सिडनी थण्डर र होबार्ट हरिकेन्स अश्विनलाई हासिल गर्ने सबैभन्दा प्रबल दावेदार टीम हो। यी दुईवटा टीममा कुनै एउटासँग अश्विनको चाँड़ै अनुबन्ध हुने सम्भावना छ। अनुबन्ध पूरा भए त्यो बीबीएल-को निम्ति ठूलो कदम हुनेछ कारण अहिलेसम्म कुनै पनि रिटायर्ड भारतीय पुरुष क्रिकेटरले बीबीएल-मा हिस्सा लिएका छैनन्। बिग ब्याश लीगको २०२५-२६ सीजन १४ दिसम्बर २०२५-देखि शुरु हुनेछ अनि फाइनल २५ जनवरी २०२६-मा खेलिनेछ। बीबीएलको नियमहरू अनुसार, हरेक टीमले आफ्नो अन्तिम एकादशमा ३ जना विदेशी खेलाड़ीलाई सामेल गर्न सक्छ। यसको साथमा टीमहरूले ४ जनासम्म विदेशी रिप्लेसमेण्ट खेलाड़ीसँग अनुबन्ध गर्न सक्छ, जसले प्रत्येक टीममा विदेशी खेलाड़ीहरूका संख्या ७ जनासम्म हुनसक्छ। यस लचिलोपनले गर्दा अश्विनलाई कुनै टीममा रिप्लेसमेण्ट खेलाड़ीको रूपमा सामेल गर्न सकिनेछ।
भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई)-को नियमहरू अनुसार, राष्ट्रिय टीम र आईपीएलबाट रिटायर भएका भारतीय खेलाड़ीहरूले मात्र विदेशी लीगहरूमा खेल्न सक्छन्।
अश्विनले गत वर्षको अन्तमा इण्टरनेशनल क्रिकेटबाट अनि हालै आईपीएलबाट सन्न्यास लिएका थिए। सन्न्यासपछि धेरैजना भारतीय क्रिकेटरहरूले विदेशी लीगमा खेलिसकेका छन्। दिनेश कार्तिकले एसए२०-मा पर्ल रोयल्सको प्रतिनिधित्व गरिसकेका छन्। यसरी अम्बाती रायडूले सीपीएल-मा सेण्ट किट्ल एण्ड नेविस पेट्रियट्सको निम्ति खेलिसकेका छन्। रबिन उथप्पा र यूसुफ पठान आईएलटी२०-मा दुबई क्यापिटल्सबाट खेल्छन्। दुई साल अघि सुरेश रैना अबू धाबी टी१० लीगमा डेक्कन ग्लेडिएटर्स टीमको हिस्सा रहेका थिए। अश्विनले अगावै यूएई-मा हुने आईएलटी२० लिलामीको निम्ति आफ्नो नाम दिइसकेका छन्। यसले अश्विन आफ्नो करियरको अन्तिम चरणमा विश्वभरि टी२० लीगहरूमा खेल्ने मामिलामा गम्भीर रहेको कुरा स्पष्ट हुन्छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement