ओजन प्रबन्धन मामिलामा डब्ल्यूएफआईद्वारा अमन र प्रशिक्षिकहरूलाई कारण बताउ नोटिस

IMG-20250923-WA0154

नयाँ दिल्ली: भारतीय कुश्ती महासंघ (डब्ल्यूएफआई)-ले पेरिस ओलम्पिकको काँस्य पदक विजेता अमन सेहरावतलाई वर्ल्ड च्याम्पियनशीपमा अधिक ओजनले गर्दा अयोग्य घोषित भएको मामिलामा कारण बताउ नोटिस जारी गऱ्यो। अमन पुरुषहरूका फ्रीस्टाइल कुश्ती ५७ किग्रा वर्गमा पदक जित्ने प्रबल दावेदारहरूमा सामेल थिए तर प्रतियोगिताको दिन उनको ओजन स्वीकार्य सीमादेखि १.७ किग्रा अधिक थियो। यसैकारण उनलाई अयोग्य घोषित गरियो। डब्ल्यूएफआई-ले बताएअनुसार, जाग्रेबमा चारजना प्रशिक्षक थिए तर उनीहरूले ओजन प्रबन्धनमाथि ध्यान दिन सकेनन्। यसैकारण प्रशिक्षकहरूलाई पनि कारण बताउ नोटिस जारी गरिएको छ।. डब्ल्यूएफआई-का एकजना अधिकारीले भने, यो अस्वीकार्य हो। हामीले यसपछिको कारण पत्तो लगाउनु पर्नेछ। दुई महिनाभन्दा पनि कम्ती समयमा हाम्रा दुईजना असल पहलवानहरूलाई अयोग्य घोषित गरियो। हामीले यसको जाँच गर्नु पर्नेछ। यसैकारण हामीले अमनलाई कारण बताउन नोटिस जारी गरेका छौं। अधिकारीले बताएअनुसार, मुख्य प्रशिक्षक जगमन्दर सिंह, विनोद, वीरेन्द्र र नरेन्द्रले पनि स्पष्टीकरण दिनु पर्नेछ। पहलवान अनि प्रशिक्षकहरूले २७ सेप्टेम्बरसम्म जवाफ दिनु पर्नेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement