पेरिस: फ्रान्सले संयुक्त राष्ट्र संघको महासभामा प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिने घोषणा गरेको छ। यसअघि आइतबार ब्रिटेन, क्यानडा, अष्ट्रेलिया र पोर्चुगलले प्यालेस्टाइनलाई औपचारिक रूपमा मान्यता दिएका थिए।
संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले यो प्लालेस्टिनीहरूको अधिकारको विषय भएको बताएका छन्। महासचिव एन्टोनियो गुटेरेसले प्रतिक्रिया दिँदै भनेका छन्,’राज्य प्यालेस्टिनीहरूको लागि अधिकार हो, पुरस्कार होइन।’
गुटेरेसले भनेका छन्, ‘राज्यको मान्यता अस्वीकार गर्नु विश्वभरका अतिवादीहरूका लागि ‘उपहार’ हुनेछ।’ इजरायल र प्यालेस्टाइनका जनताको लागि दिगो शान्ति र मध्यपूर्वमा व्यापक शान्ति र सुरक्षाको लागि दुई-राज्य समाधान एक मात्र विश्वसनीय मार्ग हो,’ गुटेरेसले भने।
आइतबार ब्रिटेन, क्यानडा र अष्ट्रेलियाले प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिएपछि, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले यसलाई आतंकवादको लागि ठूलो ‘इनाम’ भनेका छन्।









