सीएबी अध्यक्षको रूपमा आफ्नो दोस्रो कार्यकाल शुरु गरे सौरभ गांगुलीले

IMG-20250923-WA0066

काेलकत्ता: भारतीय टीमका पूर्व कप्तान सौरभ गांगुलीलाई निर्विरोध बंगाल क्रिकेट संघ (सीएबी)-को अध्यक्ष चयन गरियो। सीएबी-को वार्षिक आम बैठकको अवधि गांगुलीलाई अध्यक्ष चयन गरियो। यसरी उनी ६ सालपछि राज्य क्रिकेट संघमा फर्किएका छन्। यसअघि उनी २०१५-देखि २०१९-सम्म सीएबी अध्यक्ष रहेका थिए। त्यसपछि उनले भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई)-को अध्यक्ष पद सम्हालेका थिए। गांगुलीको अगुवाईमा रहने पूरा प्यानललाई निर्विरोध चयन गरियो। यसमा बबलू कोलाय (सचिव), मदन मोहन घोष (संयुक्त सचिव), सञ्जय दास (कोषाध्यक्ष) र अनु दत्त (उपाध्यक्ष) सामेल छन्। अध्यक्ष बनेपछि गांगुलीले ईडन गार्डन्सको दर्शक क्षमता बढ़ाउनेमा जोर दिएका छन्। उनको लक्ष्य क्षमतालाई एक लाखसम्म गर्ने रहेको छ। यसबाहेक उनको सर्वोच्च प्राथमिकता आउँदो साल हुने टी२० वर्ल्ड कपको म्याचहरूको आयोजन हासिल गर्ने पनि रहेको छ। यसको साथमा उनले १४ नोभेम्बरमा भारत वर्ल्ड टेस्ट च्याम्पियन दक्षिण अफ्रिकाविरुद्ध म्याच खेल्न ओर्लिँदा ईडन गार्डन्समा टेस्ट क्रिकेटको पुनरागमन हुने पनि सुनिश्चित गरे।
गांगुलीले २०१९-देखि २०२२-सम्म बीसीसीआई अध्यक्षको रूपमा काम गरेका थिए। यस ५३ वर्षीय पूर्व दिग्गज ब्याटरले सीएबी-मा आफ्नै दाजु स्नेहाशीष गांगुलीको स्थान लिएका छन्, जसले ६ सालको कार्यकाल पूरा भएपछि पद छोड़ेका थिए। गांगुलीले बताएअनुसार, उनको तात्कालिक जिम्मेवारी नोभेम्बरमा भारत र दक्षिण अफ्रिकाबीच खेलिने पहिलो टेस्ट म्याचको तयारी गर्ने रहेको छ। यो २०१९-मा बंग्लादेशविरुद्ध ऐतिहासिक डे-नाइट टेस्ट म्याचपछि ईडन गार्डन्समा पहिलो टेस्ट म्याच हुनेछ। गांगुलीले बीसीसीआई अध्यक्ष पदमा रहँदा नै भारतमा गुलाबी बलको साथ डे-नाइट टेस्ट म्याचको शुरुवात गरेका थिए। ईडन गार्डन्सलाई आउँदो साल हुने टी२० वर्ल्ड कपमा केही महत्त्वपूर्ण म्याचहरूको आयोजन हासिल हुने सम्भावना छ, जसमा सेमिफाइनल पनि सामेल छ। गांगुलीले बताएअनुसार, बीसीसीआई-को नयाँ टीमको सदस्यहरूसँग उनी चाँड़ै कुराकानी शुरु गर्नेछन्। आइतवार हुने बीसीसीआईको वार्षिक आम बैठकमा गांगुलीले सीएबीको प्रतिनिधित्व गर्नेछन्। गांगुलीले ईडन गार्डन्सको क्षमता बढ़ाउने आफ्नो योजनाहरूमाथि पनि कुरा गरे। उनले बताएअनुसार, यस परियोजनाले आउँदो साल हुने वैश्विक प्रतियोगितापछि मात्र आकार लिनेछ। यो विस्तार योजना साकार भए ईडन गार्डन्स देशको दोस्रो सबैभन्दा ठूलो क्रिकेट स्टेडियम बन्नेछ। वर्तमानमा अहमदाबादको मोटेरामा स्थित नरेन्द्र मोदी स्टेडियम १.३२ लाख सीट क्षमताको साथ देशको सबैभन्दा ठूलो स्टेडियम हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement