जिएसटी कटौतीको पूर्ण लाभ ल्युमिनस पावरले उपभोक्तालाई दिने

IMG-20250920-WA0116

भारतको अग्रणी ऊर्जा समाधान कम्पनी ल्युमिनस पावर टेक्नोलोजिज ले घोषणा गरेको छ कि हालैको जिएसटी कटौती को सम्पूर्ण लाभ आफ्ना उपभोक्तालाई दिइनेछ। यो कटौती २२ सेप्टेम्बर २०२५ देखि लागू हुनेछ।
केंद्रीय वित्त मन्त्री निर्मला सीतारमनको अध्यक्षतामा ३ सेप्टेम्बर २०२५ मा जीएसटी काउन्सिलको ५६औँ बैठकमा यो निर्णय भएको थियो। ल्युमिनसका सीईओ प्रीति बजाजले भनिन्, “जिएसटी कटौती भारतको स्वच्छ ऊर्जा यात्रामा ऐतिहासिक कदम हो। हाम्रा सोलर र पावर ब्याकअप समाधान अझ किफायती र पहुँचयोग्य हुनेछन्।”
कम्पनीका सोलर समाधान र पावर ब्याकअप उत्पादनमा जिएसटी १२% बाट घटाएर ५% र २८% बाट घटाएर १८% गरिएको छ। उपभोक्ताले २२ सेप्टेम्बर २०२५ देखि संशोधित मूल्यका लागि ल्युमिनस पावरका अधिकृत डिस्ट्रीब्युटरसँग सम्पर्क गर्न सक्नेछन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement