सात द्वन्द्व रोकेको भन्दै ट्रम्पले भने “मलाई प्रत्येकका लागि नोबेल पुरस्कार दिनुपर्छ”

IMG-20250921-WA0143

न्यूयोर्क: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एक पटक नोबेल पुरस्कारबारे चर्चा गरेका छन्। उनले मे महिनामा भारत र पाकिस्तानबीच भएको द्वन्द्व उल्लेख गर्दै नोबेल पुरस्कारको खोजी गरेका हुन्।
ʻहामीले शुल्क र व्यापारका कारण सात फरक युद्ध रोक्न सफल भएका छौँ। हामीले भारत र पाकिस्तान, थाइल्याण्ड र कम्बोडियाबीचको युद्ध रोक्यौँ,ʼ ट्रम्पले एक कार्यक्रममा भने ।
ट्रम्पले अगाडि भने,ʻभारत–पाकिस्तान, थाइल्याण्ड–कम्बोडिया, आर्मेनिया–अजरबैजान, कोसोभो–सर्बिया, इजरायल–इरान, इजिप्ट–इथियोपिया र रुवान्डा–कंगो हामीले ती सबैलाई रोक्यौँ। यीमध्ये ६० प्रतिशत देश व्यापारका कारण रोकिएका थिए।ʼ
नोबेल पुरस्कारबारे अमेरिकी राष्ट्रपतिले भने,ʻयसपछि मलाई भनियो कि यदि तपाईंले रुस र युक्रेन बीचको युद्ध रोक्नुभयो भने तपाईंले नोबेल पुरस्कार पाउनुपर्छ। तर मैले रोकेका अन्य सात युद्धबारे के भन्नुपर्छ? मलाई प्रत्येकका लागि नोबेल पुरस्कार दिनुपर्छ।ʼ
ट्रम्पले यसअघि पनि धेरै पटक भारत र पाकिस्तानबीचको द्वन्द्व रोकेको दाबी गरेका छन्। तर भारतले हरेक पटक उनको दाबीलाई अस्वीकार गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement