वनडे इण्टरनेशनल क्रिकेटमा सबैभन्दा तेज शतक बनाउने भारतीय बनिन् स्मृति मन्धना

IMG-20250921-WA0110

नयाँ दिल्ली: भारतीय टीमकी उपकप्तान स्मृति मन्धनाले शनिवार इतिहास रचिन्। उनले अष्ट्रेलियाविरुद्ध दिल्लीमा खेलिएको महिला वनडे सीरीजको तेस्रो म्याचमा केवल ५० बलमा शतक पूरा गरेर ठूलो उपलब्धि हासिल गरिन्। मन्धना वनडे क्रिकेटमा सबैभन्दा तेज शतक बनाउने भारतीय क्रिकेटर बनेकी छन्। उनले पुरुष टीमका पूर्व कप्तान विराट कोहलीको रेकर्ड तोड़ेकी छन्। वास्तवमा कोहलीले २०१३-मा अष्ट्रेलियाविरुद्ध नै ५२ बलमा शतक बनाएका थिए। यसपाली मन्धनाले केवल ५० बलमा शतक पूरा गरी कोहलीको रेकर्ड तोड़िन्। यसरी महिला वनडे क्रिकेटको इतिहासमा मन्धनाले दोस्रो सबैभन्दा तेज शतक दर्ता गरिन्। अष्ट्रेलियाकी पूर्व कप्तान मेग लेनिंगले २०१२-१३ सीजनमा न्यूजील्याण्डविरुद्ध केवल ४५ बलमा शतक बनाएकी थिइन्। यसरी अष्ट्रेलियाकै पूर्व ब्याटर करेन रोल्टनले २०००-०१-मा दक्षिण अफ्रिकाविरुद्ध ५७ बलमा शतक बनाएकी थिइन्। म्याचमा मन्धनाले ६३ बल खेलेर १७ वटा चौका र ५ वटा छक्काको साथ १२५ रन बनाइन्। भारतीय महिला वनडे क्रिकेटमा यसअघि सबैभन्दा तेज शतकको रेकर्ड पनि मन्धनाकै नाममा रहेको थियो। यसअघि यस २९ वर्षीय क्रिकेटरले ७० बलमा शतक बनाएकी थिइन्। अष्ट्रेलियाविरुद्ध मन्धनाले शनिवार बनाएकी शतक उनकी वनडे करियरको १३औं शतक हो। यसरी उनी महिला वनडे इण्टरनेशनल क्रिकेटको इतिहासमा सर्वाधिक शतक बनाउने खेलाड़ीहरूकी सूचीमा दोस्रो स्थानमा पुगेकी छन्। उनले न्यूजील्याण्डकी सूजी बेट्सकी बराबरी गरेकी छन्। बेट्सले पनि १३ वटा वनडे शतक बनाएकी छन्। महिला वनडे इण्टरनेशनलमा सर्वाधिक १५ वटा शतक बनाउने रेकर्ड अष्ट्रेलियाकी मेग लेनिंगको नाममा रहेको छ। मन्धनाले रेकर्ड शतक बनाए पनि तेस्रो वनडे इण्टरनेशनल म्याचमा भारतले अष्ट्रेलियाविरुद्ध ४३ रनले हारको सामना गर्नु पऱ्यो। म्याचमा पहिला ब्याटिंग गर्दै अष्ट्रेलिया ४७.५ ओभरमा ४१२ रनको विशाल स्कोर बनाएर अलआउट भयो। जवाफमा भारतीय टीम ४७ ओभरमा ३६९ रन बनाएर अलआउट भयो। यसरी अष्ट्रेलियाले ३ वटा वनडे म्याचको सीरीज २-१-ले जित्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement