झापामा हिरासतबाट भागेका ९० थुनुवा अझै सम्पर्कविहीन

IMG-20250920-WA0090

झापा: झापाका विभिन्न हिरासतबाट भागेका ९२ थुनुवामध्ये दुई जना मात्र सम्पर्कमा आएका छन्। गत भदौ २४ मा प्रदर्शनकारीको आक्रमणका क्रममा इलाका प्रहरी कार्यालय दमक, अनारमनी र झिलझिलेबाट ९२ जना थुनुवा फरार भएका थिए।
प्रहरी निरीक्षक प्रवीण श्रेष्ठका अनुसार फरार थुनुवामध्ये दुई जना लागुऔषध मुद्दामा हिरासतमा थिए र उनीहरु अहिले प्रहरी सम्पर्कमा आएका छन्। बाँकी ९० जना अझै सम्पर्कविहीन छन्। यी थुनुवाहरु गम्भीर, जघन्य प्रकृतिका र अन्य अपराधमा संलग्न रहेका बताइएको छ।
‘दुई जना सम्पर्कमा आएका छन्। परिस्थिति सहज बन्दै गएकाले अन्य पनि सम्पर्कमा आउन सक्नेछन्,’ श्रेष्ठले भने। आन्दोलनको क्रममा आगजनीले कैदी फाइल र कागजात पनि नष्ट भएका थिए।
जिल्लाका २३ वटा प्रहरी कार्यालयमा क्षति पुगेको थियो भने ९ वटा कार्यालय पूर्ण रुपमा नष्ट भएका थिए। देशका अन्य स्थानबाट फरार भएका कैदीको तुलनामा झापामा ठूलो क्षति भएको प्रहरीले जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement