१२ हजार रुपैयाँसम्म एक्सचेञ्ज बोनस
टाटा समूहसँग सम्बन्धित भारतको अग्रणी ओम्नी-च्यानल इलेक्ट्रोनिक्स रिटेलर कम्पनी क्रोमा ले नयाँ आईफोन १७ को बिक्री सुरुवातसँगै विशेष अफरको घोषणा गरेको छ। यो अफर क्रोमा स्टोर, ट्राइब बाय क्रोमा आउटलेट, क्रोमा.कम र टाटा न्यू एपमा उपलब्ध हुनेछ।
१९-२७ सेप्टेम्बरसम्म हुने लन्च क्याम्पेन अन्तर्गत ग्राहकले १२ हजार रुपैयाँसम्म एक्सचेञ्ज बोनस पाउनेछन्। त्यस्तै टाटा न्यू एचडीएफसी कार्ड प्रयोग गर्ने ग्राहकले १०% सम्म न्यूक्वाइन अर्जन गर्न सक्नेछन्। यसबाहेक, क्रोमा र ट्राइब बाय क्रोमा स्टोर तथा अनलाइन खरिदमा बिनाशुल्क ईएमआई सुविधा उपलब्ध हुनेछ।
लन्च सेल अवधिमा मात्रै लागू हुने विशेष अफरअन्तर्गत ग्राहकले चयनित एप्पल एक्सेसरीमा २०% सम्म छुट पाउनेछन्। यसमा केस, चार्जर र अडियो गियर जस्ता सामाग्री पर्छन् जसले आईफोनको सेटअपलाई पूर्ण बनाउँछ।
भारतभर २०६ शहरका ५६० भन्दा बढी क्रोमा र ट्राइब बाय क्रोमा स्टोर तथा अनलाइन प्लेटफर्ममार्फत आईफोन १७ सजिलै खरिद गर्न सकिने कम्पनीले जनाएको छ। ट्राइब बाय क्रोमा एप्पल उत्पादनका लागि समर्पित अधिकृत विक्रेता हो, जसले ग्राहकलाई प्रशिक्षित विज्ञको मार्गदर्शन, सम्पूर्ण एप्पल पोर्टफोलियो, फोन चयनदेखि सेटअपसम्मको सुविधा दिने बताइएको छ।
इनफिनिटी रिटेल लिमिटेड का प्रवक्ताले भने, हरेक वर्ष ग्राहकले उत्कृष्ट एक्सचेञ्ज मूल्य, पारदर्शी वित्तीय विकल्प, सुनिश्चित एक्सेसरी र विज्ञ मार्गदर्शनसहित विश्वासिलो आईफोन खरिद अनुभवका लागि क्रोमा रोज्छन्। यस वर्ष आईफोन १७ को विशेष अफरसँगै हामीले आफ्ना सबै च्यानलमार्फत खरिद प्रक्रिया अझै सजिलो बनाएका छौं, जसले ग्राहकलाई रोजाइको आईफोनसँगै महत्वपूर्ण बचत र लाभ उपलब्ध गराउँछ।”