वर्ल्ड एथलेटिक्स च्याम्पियनशीपः गुलवीर सिंह र अन्नू रानी फाइनलमा स्थान बनाउन असफल

IMG-20250920-WA0083

टोक्यो: राष्ट्रिय रेकर्डधारी गुलवीर सिंह र अन्नू रानीले वर्ल्ड एथलेटिक्स च्याम्पियनशीपमा निराशाजनक प्रदर्शन गरे अनि आ-आफ्नो स्पर्धाको फाइनलमा स्थान बनाउनदेखि चुके। गुलवीरले पुरुषहरूका ५००० मीटर दौड़मा अनि अन्नू रानीले महिलाहरूकी ज्याभलिन थ्रो स्पर्धाको फाइनलमा क्वालीफाई गर्न सकेनन्। गुलवीर पुरुषहरूका ५००० मीटर दौड़को दोस्रो हीटमा १३ मिनट ४२.३४ सेकेण्डको समयससहित नवौं स्थानमा रहे, जुन यस सीजनमा उनको सबैभन्दा खराब समय हो। उनको राष्ट्रिय रेकर्ड १२ मिनट ५९.७७ सेकेण्डको रहेको छ। समग्रमा उनी सामान्यले गर्दा फाइनलमा स्थान बनाउनदेखि चुके कारण २ वटा हीटमा शीर्ष ८ खेलाड़ीले मात्र पदक राउण्डमा स्थान बनाउन सके। उनी ३९ जना प्रतियोगीहरूबीच २७औं स्थानमा रहे। गुलवीर यसअघि १०००० मीटरको दौड़मा १६औं स्थानमा रहेका थिए।

यसरी आफ्नो पाँचौं वर्ल्ड च्याम्पियनशीपमा खेलिरहेकी ३३ वर्षीय अन्नू रानी क्वालीफिकेशन राउण्डमा ५५.१८ मीटरको सर्वश्रेष्ठ थ्रो गरी १५औं स्थानमा रहिन्। समग्रमा उनी ३६ जना एथलीटहरूबीच २९औं स्थानमा रहिन्। गत वर्ष औसत प्रदर्शन गर्ने अन्नू रानीले यस साल ६२.५९ मीटरको सर्वश्रेष्ठ प्रदर्शनको साथ सामान्य फर्म हासिल गरेकी थिइन् तर शुक्रवार उनले यस सीजनको सबैभन्दा खराब प्रदर्शन गरिन्। उनले यसअघि २०१७, २०१९, २०२२ र २०२३-मा वर्ल्ड च्याम्पियनशीपमा हिस्सा लिएकी थिइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement