ओमान विरुद्ध भारतको २१ रनले जीत

IMG-20250920-WA0005

अबु धाबी: एशिया कप टी२० टुर्नामेण्टमा भारतले ओमानविरुद्ध २१ रनले जीतको साथ ग्रुप ए-मा आफ्नो अभियान समाप्त गऱ्यो। जायेद क्रिकेट स्टेडियममा शुक्रवार खेलिएको म्याचमा टस जितेर पहिला ब्याटिंग गर्दै भारतले २० ओभरमा ८ विकेट गुमाएर १८८ रन बनायो। जवाफमा ओमानले निर्धारित ओभरहरूमा ४ विकेट गुमाएर १६७ रन मात्र बनाउन सक्यो। अगावै सुपर फोर चरणमा पुगिसकेको हुनाले भारतले ओमानविरुद्ध म्याचमा केही परीक्षण गऱ्यो। म्याचमा पहिला ब्याटिंग गर्दै भारतको निम्ति विकेटकीपर ब्याटर सञ्जु सेमसनले सर्वाधिक ५६ रन बनाए। उनले ४५ बल खेलेर ३ वटा छक्का र ३ वटा चौका लगाए। यसबाहेक अभिषेक शर्माले १५ बलमा ३८ रन र तिलक वर्माले १८ बलमा २९ रन बनाए। अक्षर पटेलले २६ रनको योगदान दिए। भारतीय कप्तान सूर्यकुमार यादव आज ब्याटिंग गर्न ओर्लिएनन्। ओमानका बलरहरूमा शाह फैसल, जितेन रामानन्दी र आमिल कलीमले २-२ विकेट लिए। जवाफमा आमिर कलीम र हमान मीर्जाले अर्द्धशतक बनाए पनि ओमानले म्याच जित्न सकेन। कलीमले ७ वटा चौका र २ वटा छक्काको साथ ४६ बल खेलेर सर्वाधिक ६४ रन बनाए। यसबाहेक मिर्जाले ३३ बलमा ५ वटा चौका र २ वटा छक्काको साथ ५१ रन बनाए। कप्तान जतिन्दर सिंहले ३२ रनको योगदान दिए। जितेन रामानन्दी १२ रनमा अविजित रहे। भारतीय बलरहरूमा हार्दिक पाण्ड्या, अक्षरदीप सिंह, हर्षित राणा र कुलदीप यादवले १-१ विकेट लिए। भारतले अब आइतवार खेलिने सुपर फोर चरणको म्याचमा पाकिस्तानको चुनौती स्वीकार्नेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement