ओप्पोले भारतमा एफ३१ ५जी सिरिज सार्वजनिक, टिकाउ र शक्तिशाली ब्याट्रीमा जोड

IMG-20250918-WA0085

कोलकाता: ओप्पो इण्डियाले नयाँ एफ३१ ५जी सिरिज बजारमा ल्याएको छ। कम्पनीका अनुसार यो सिरिज भारतीय मौसम र प्रयोगकर्ताका बानीअनुरूप तयार गरिएको हो र मिड–रेन्जमा टिकाउपनाको नयाँ स्तर स्थापित गर्ने उद्देश्य राखेको छ।
सिरिजमा एफ३१ प्रो+, एफ३१ प्रो र एफ३१ गरी तीन मोडेल छन्। यीमा स्न्यापड्रागन र डायमेन्सिटी प्रोसेसर, ७,००० एमएएच ब्याट्री, आउटडोर मोड २.०, हंटर एन्टेना २.० तथा एआई टुलहरू जडान गरिएको छ।
कम्पनीको दाबी अनुसार यी फोनहरू ४३ डिग्री सेल्सियससम्म पनि स्मूथ रूपमा काम गर्छन्। ३६० डिग्री आर्मर बडी, एयरब्याग संरचना र आईपी६६, आईपी६८ तथा आईपी६९ को ट्रिपल प्रमाणपत्रका कारण यी धूलो र पानीबाट सुरक्षित रहन्छन्।
एफ३१ सिरिजले ७२ महिनासम्म फ्लुएन्सी प्रमाणपत्र पाएको छ, जसले छ वर्षसम्म स्थिर परफर्मेन्स दिने विश्वास दिलाउँछ। क्यामेरामा ५० मेगापिक्सलको ओआईएस मेन क्यामेरा र एआई–आधारित टुलहरू उपलब्ध छन्।
यसको मूल्य भारतमा २२,९९९ रुपैयाँदेखि सुरु भएर ३४,९९९ रुपैयाँसम्म पर्छ। बिक्री १९ सेप्टेम्बरदेखि सुरु हुनेछ भने प्रारम्भिक खरिदकर्तालाई बैंक छुट, एक्सचेन्ज बोनस र १८० दिनसम्मको फ्री ड्यामेज प्रोटेक्शन उपलब्ध गराइनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement