दुर्गा पूजामा ‘चाइनिज वक’ र ‘चिरकुट अफिसियल’को सांस्कृतिक संगम

IMG-20250919-WA0124

कोलकाता: कोलकाताको चिनार पार्कस्थित चाइनिज वक रेस्टुरेन्टमा शुक्रबार दुर्गा पूजाको अवसर पारेर भोजन र संगीतको अद्वितीय संगम प्रस्तुत गरिएको छ। भारतकै ठूलो देसी-चाइनिज क्यूएसआर ब्रान्ड चाइनिज वक ले लोकप्रिय ब्यान्ड चिरकुट अफिसियलसँग मिलेर नयाँ संगीत भिडियो सार्वजनिक गरेको हो।
कार्यक्रममा कलाकार सौम्या मुखर्जी, अरुणिमा, गायक देबायन बनर्जी, शुभम मित्रा र श्रीजिता मित्रा उपस्थित थिए। दर्शक र सञ्चारकर्मीहरूले लाइभ प्रस्तुति, विशेष स्क्रिनिङ र कलाकारहरूसँगको फोटो सेसनसँगै स्वादिष्ट व्यञ्जनको मज्जा लिएका थिए।
लेनेक्सिस फुडवर्क्सका संस्थापक तथा निर्देशक आयुष मधुसूदन अग्रवालले भने, “कोलकाता सधैं सांस्कृतिक केन्द्र रह्यो। दुर्गा पूजा भनेकै समुदाय र उत्सवको भावना हो। संगीत र भोजनमार्फत् यस ऊर्जाको हिस्सा बन्न पाउनु हाम्रो लागि गर्वको कुरा हो।”
पूर्वी भारतमा आफ्नो उपस्थिति बढाउँदै लगेको चाइनिज वक का अनुसार, यस्तो साझेदारीले भोजनभन्दा पर गइ अनुभव, एकता र सम्झनाको अवसर सिर्जना गर्ने उद्देश्य राखेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement