दक्षिण कलकत्ता ‘लॉ’ कलेजकी उप-प्राचार्य नैना चटर्जीको राजीनामा

1751421301_newgoverning-body

दक्षिण कालकत्ता ‘लॉ’ कलेजकी उप-प्राचार्य नैना चटर्जीले मंगलबार प्रबन्ध समिति अध्यक्ष तथा विधायक अशोक देवको घर पुगेर राजीनामा दिएकी छन्। यद्यपि, समाचार लेख्ने समयसम्म उनको राजीनामा स्वीकृत भएको छैन।
केही समयअघि कलेजमा प्रथम वर्षकी छात्रामाथि बलात्कारको घटना सार्वजनिक भएको थियो, जसमा मुख्य अभियुक्त एक विद्यार्थी नेता रहेको बताइएको छ। उप-प्राचार्यमाथि अप्रत्यक्ष सहयोग गरेको आरोप लाग्दै आएको थियो। घटना भएको दिन रजिस्टर बुकमा उनको हस्ताक्षरलाई लिएर समेत विवाद भएको थियो।
कलकत्ता विश्वविद्यालयकी कार्यवाहक कुलपति शान्ता दत्ता डेले यस विषयमा विस्तृत छानबिन हुने बताएकी थिइन्। नैना चटर्जीले आफू निर्दोष भएको दाबी गर्दै कलेज सञ्चालनमा निरन्तर बाधा आउँदा मानसिक दबाब खेप्नुपरेको कारण राजीनामा दिएको स्पष्ट गरेकी छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement