शेनझेन: भारतकी स्टार ब्याडमिण्टन खेलाड़ी पीभी सिन्धूले बिहीवार असाधारण प्रदर्शन गर्दै चाइना ओपनको क्वार्टर फाइनलमा स्थान बनाइन्। सिन्धूले प्री-क्वार्टर फाइनल म्याचमा थाईल्याण्डकी छैटौं वरीयता प्राप्त पोर्नपावी चोचुवोंगलाई सीधा गेममा २१-१५, २१-१५-ले पराजित गरिन्। यो म्याच केवल ४१ मिनटसम्म चल्यो। यस जीतको साथ सिन्धूले थाई खेलाड़ीविरुद्ध आफ्नो जीत-हारको रेकर्ड ६-५ पुऱ्याइन्। क्वार्टर फाइनलमा सिन्धूको भिड़न्त कोरियाकी शीर्ष वरीयता प्राप्त एन से यंग र डेनमार्ककी मिया ब्लिचफेल्टबीच खेलिने म्याचको विजेतासँग हुनेछ। हालै हङकङ ओपनमा पहिलो राउण्डमै बाहिर हुने सिन्धूले आजको जीतलाई मनोबल बढ़ाउने बताइन्। म्याच जितेपछि उनले भनिन्, म यस जीतले खुशी छु। मेरो निम्ति शुरुवातदेखि नै सतर्क रहनु अनि आफ्नो शत प्रतिशत दिनु जरूरी थियो। पहिलो गेम जितेपछि म दोस्रो गेममा अधिक सतर्क थिएँ। मैले आफ्नो सर्वश्रेष्ठ प्रदर्शन गरे अनि यस जीतले मेरो आत्मविश्वास बढ़्नेछ। सिन्धूले अझ भनिन्, सीधा गेममा जीत हासिल गर्दा सदा आत्मविश्वास हासिल हुन्छ तर तपाईंले लामो म्याचहरूको निम्ति तयारी सही राख्नु पर्छ। यस खेलमा तेजीको साथ अघि बढ़्नु जरूरी हुन्छ।