स्पेन २०१४ पछि पहिलोपल्ट फिफा ऱ्याङकिंगको शीर्ष स्थानमा

IMG-20250918-WA0096

नयाँ दिल्ली: जून र जुलाईमा पहिला फिफा क्लब वर्ल्ड कपको असाधारण सफलताको एक अन्तरालपछि पुरुषहरूका अन्तर्राष्ट्रिय फूटबल प्रतियोगिता यस महिनाको शुरुवातमा अफ्रिका, यूरोप र अमेरिकामा फिफा वर्ल्ड कप २०२६ क्वालीफायरको एउटा शृंखलाको रूपमा वैश्विक मञ्चमा अविश्वसनीय तरिकाले फर्किएको छ। फिफा पुरुष विश्व ऱ्याङकिंगको अन्तिम अपडेटपछि विश्वभरि २०० भन्दा अधिक प्रासंगिक राष्ट्रिय टीमहरूका म्याच खेलिएको छ, जसको ऱ्याङकिंगमा ठूलो प्रभाव परेको छ। सबैभन्दा ठूलो बद्लाउ शीर्ष स्थानमा भएको छ, जहाँ यूएफा यूरो २०२४ च्याम्पियन स्पेन एक स्थान अघि बढ़ेर शीर्ष स्थानमा पुगेको छ। यसरी स्पेनिश टीमले जून २०१४ पछि पहिलोपल्ट पुरुष टीम ऱ्याङकिंगमा शीर्ष स्थान हासिल गऱ्यो। स्पेनको उत्थानले लामो समयदेखि शीर्ष स्थानमा रहने अर्जेण्टिनालाई चाहिँ नोक्सान भएको छ। अर्जेण्टिना शीर्ष स्थानबाट झरेर तेस्रो स्थानमा पुगेको छ। अर्जेण्टिना अप्रेल २०२३ पछि यस स्थानमा रहेको थियो। अर्जेण्टिना झरेर तेस्रो स्थानमा पुग्दा स्पेनको साथमा फ्रान्सलाई पनि फाइदा भएको छ। फिफा वर्ल्ड कप २०२२-को फाइनलमा अर्जेण्टिनाविरुद्ध पराजित हुने फ्रान्स एक स्थान अघि बढ़ेर दोस्रो स्थानमा पुगेको छ। यसबाहेक यूरोपेली देशहरूमा पोर्तुगल, क्रोएशिया र इटली पनि एक-एक स्थानको सुधार गरी क्रमशः पाँचौं, नवौं र दशौं स्थानमा पुगेको छ। यसले ब्राजील (एक स्थान झरेर छैटौं) र जर्मनी (३ स्थान झरेर १२औं स्थानमा)-लाई चाहिँ नोक्सान भएको छ।
फिफा वर्ल्ड कप क्वालीफायरमा स्लोवाकियाविरुद्ध हारले जर्मनीलाई नोक्सान भएको छ अनि टीम अक्टोबर २०२४ पछि पहिलोपल्ट शीर्ष १०-बाट बाहिर भएको छ। मोरक्को (एक स्थान अघि बढ़ेर ११औं स्थान) अहिले शीर्ष १०-मा प्रवेश गर्ने संघारमा रहेको छ, जसले जुलाईमा ऱ्याङकिंगको गत संस्करणपछि आफ्नो ९-मा ८ वटा म्याच जितेको छ। समग्रमा सर्वाधिक फाइदा स्लोवाकियालाई भएको छ, जो १० स्थानको फाइदासहित ४२औं स्थानमा पुगेको छ। यस टीमले वर्ल्ड कप क्वालीफायरको शुरुवात लगातार २ वटा जीतको साथ गऱ्यो, जसमा जर्मनीविरुद्ध जीत पनि सामेल छ। यसले गर्दा टीमले शीर्ष ५०-मा स्थान बनाएको छ। यसबाहेक गाम्बिया (८ स्थान अघि बढ़ेर ११५औं), मेडागास्कर (७ स्थान अघि बढ़ेर १०८औं), प्याराग्वे (६ स्थान अघि बढ़ेर ३७औं), युगाण्डा (६ स्थान अघि बढ़ेर ८२औं), लीबिया (५ स्थान अघि बढ़ेर ११२औं), सूरीनाम (५ स्थान अघि बढ़ेर १३१औं) र फेरो आइल्याण्ड्स (५ स्थान अघि बढ़ेर १३६औं स्थान)-लाई पनि फाइदा भएको छ। यसबीच भारतीय फूटबल टीम चाहिँ अहिले १३४औं स्थानमा रहेको छ। एशियाई टीमहरूमा जापान १९औं स्थानको साथ शीर्ष स्थानमा रहेको छ। यसरी ईरान २१औं र दक्षिण कोरिया २३औं स्थानमा रहेको छ। नेपाल १७६औं, बंग्लादेश १८४औं, भूटान १८६औं, श्रीलंका १९७औं र पाकिस्तान १९९औं स्थानमा रहेको छ। फिफा वर्ल्ड कप २०२६-को सहआयोजक कनाडा २ स्थानको सुधार गरी २६औं स्थानमा पुगेको छ। यसरी मेक्सिको १४औं र अमेरिका १६औं स्थानमा रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement