यूएफा च्याम्पियन्स लीगः लिभरपूल, पीएसजी र बायर्न म्यूनिखको जीत

photocollage_2025918124248348

लण्डन: यूएफा च्याम्पियन्स लीग फूटबल प्रतियोगितामा गत विजेता पेरिस सेण्ट जर्मेनको साथमा लिभरपू, बायर्न म्यूनिख र इण्टर मिलानले जीतको साथ शुरुवात गऱ्यो। बुधवार राति खेलिएको चरम रोमाञ्चक म्याचमा लिभरपूलले एट्लेटिको म्याड्रिडलाई ३-२-ले पराजित गऱ्यो। म्याच चरम रोमाञ्चक र गतिशील रह्यो। आफ्नो घरेलु मैदान एनफील्डमा ५६ प्रतिशत पोजेशनको साथ खेल्दै लिभरपूलले शुरुवातमै २-०-को बढ़त हासिल गरे पनि स्पेनिश क्लबले लड़ाकू प्रदर्शन गर्दै २-२-को बराबरी हासिल गऱ्यो। त्यसपछि अन्तिम समयमा हासिल गरेको गोलले लिभरपूललाई जीत दिलायो। लिभरपूलको तर्फबाट एण्ड्रू रोबर्टसनले चौथो, मोहामेद सालाहले छैटौं र वर्जिल वान डिज्कले इञ्ज्युरी टाइमको दोस्रो मिनटमा गोल गरे। यसरी एट्लेटिको म्याड्रिडबाट दुवै गोल मार्कोस लोरेण्टेले गरे। उनले मध्यान्तरको ठीक अघि (इञ्ज्युरी टाइमको तेस्रो मिनट) र ८१औं मिनटमा गोल गरे। यसरी गत सीजनको च्याम्पियन पेरिस सेण्ट जर्मेन (पीएसजी)-ले इटालियन क्लब अटलाण्टाविरुद्ध ४-०-ले जीत हासिल गऱ्यो। आफ्नो होम ग्राउण्ड ६७ प्रतिशत पोजेशनको साथ खेल्ने फ्रान्सीसी क्लबबाट मार्क्विन्होसले तेस्रो, खविचा ख्वारात्शखेलियाले ३९औं, नूनो मेण्डेसले ५१औं र गोन्सालो रामोसले इञ्ज्युरी टाइमको पहिलो मिनटमा गोल गरे।
जर्मन क्लब बायर्न म्यूनिखले पनि चेल्सीविरुद्ध ३-१-ले जीत हासिल गऱ्यो। आफ्नो होम ग्राउण्ड आलियाञ्ज एरेनामा ५६ प्रतिशत पोजेशनको साथ खेल्ने बायर्नले चेल्सीलाई पूरा म्याचमा अधिक मौका दिएन। चेल्सीका डिफेण्डर ट्रेभो चालोबाहले २०औं मिनटमा आत्मघाती गोल गर्दा होम टीमलाई बढ़त हासिल भयो। त्यसपछि ह्यारी केनले २७औं मिनटमा बायर्नको बढ़तलाई दोब्बर पारे। कोल पाल्मरले २९औं मिनटमा चेल्सीको निम्ति एकमात्र गोल गरे। ह्यारी केनले ६३औं मिनटमा व्यक्तिगत दोस्रो गोलको साथ बायर्नको जीत सुनिश्चित गरे। यसबीच इटालियन क्लब इण्टर मिलानले नीदरल्याण्डको क्लब अयाक्सविरुद्ध २-०-ले जीत हासिल गऱ्यो। विजेता टीमबाट मार्कस थुरामले ४२औं र ४७औं मिनटमा २ गोल गरे। यसरी नर्वेको क्लब एफके बोडो/ग्लिम्ट र चेक गणराज्यको क्लब एसके स्लाविया प्रागबीच खेलिएको म्याच २-२-ले ड्र रह्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement