मुल्लांपुर (पञ्जाब): अष्ट्रेलियाविरुद्ध महाराजा यादवेन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा खेलिएको सीरीजको दोस्रो म्याचमा उपकप्तान स्मृति मन्धनाले भारतको निम्ति वनडे इण्टरनेशनल प्रारूपमा दोस्रो सबैभन्दा तेज शतक बनाउनको साथै एकाधिक रेकर्ड तोड़िन्। महिला वनडे क्रिकेटमा नम्बर एक ब्याटर बनेको एक दिन पनि नभइ मन्धनाले पहिला ब्याटिंग गर्ने निम्तो पाएपछि मुल्लांपुरमा आफ्नो असाधारण फर्मको प्रदर्शन गरिन्। म्याचमा मन्धनाले आफ्नो १२औं वनडे शतक बनाएर ईंग्ल्याण्डकी टेमी ब्यूमोण्टकी यस प्रारूपमा शतकहरूको संख्याको बराबरी गरिन्। यस उपलब्धिसम्म पुग्न मन्धनाले केवल १०६ वटा ईनिंग्स खेल्नु पऱ्यो जबकि ब्यूमोण्टले १३० वटा ईनिंग्स खेलेर १२ वटा शतक बनाएकी थिइन्। महिला वनडे क्रिकेटमा सर्वाधिक १५ वटा शतक बनाउने रेकर्ड अष्ट्रेलियाकी मेग लेनिंगकी नाममा रहेको छ। यसबाहेक न्यूजील्याण्डकी सूजी बेट्सले १३ वटा शतक बनाएकी छन्। मन्धनाले भारतीय ईनिंग्सको २९औं ओभरको पहिलो बलमा चौका लगाएर केवल ७७ बलमा आफ्नो शतक पूरा गरिन्, जुन अष्ट्रेलियाई महिला टीमविरुद्ध यस प्रारूपमा दोस्रो सबैभन्दा तेज शतक हो। मन्धनाले ७७ बलमा बनाएकी यो शतक भारतको निम्ति वनडेमा दोस्रो सबैभन्दा तेज शतक पनि हो। यसअघि उनले यस सालको शुरुवातमा राजकोटमा आयरल्याण्डविरुद्ध केवल ७० बलमा शतक बनाएकी थिइन्। मन्धना महिला वनडे इतिहासमा २ अलग-अलग क्यालेण्डर वर्षहरूमा ३ या त्यसभन्दा अधिक शतक बनाउने पहिलो खेलाड़ी पनि हुन्। यसअघि उनले २०२४-मा ४ वटा शतक बनाएकी थिइन्। म्याचमा २९ वर्षीय मन्धनाले ९१ बल खेलेर ११७ रन बनाइन्।