जेरूसलम: गाजा शहरबाट प्यालेस्टिनीहरूको पलायन जारी छ। एक दिनअघि इजरायलले गाजा सहर कब्जा गर्ने उद्देश्यले आक्रमण शुरु गरेको घोषणा गरेपछि हजारौँ प्यालेस्टिनीहरूले सहर छोड्न थालेका छन्।
रातभर बमबारीका बीचमा गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले तीन अलग–अलग आक्रमणमा बाल अस्पताललाई लक्षित गरिएको बताएको छ।
मन्त्रालयका अनुसार अस्पतालका आधा बिरामी र उनीहरूका परिवार भाग्न बाध्य भएका छन्। इजरायली सेनाले अनुसन्धान गरिरहेको बताएको छ।
यसअघि इजरायली सेनाले दुई दिनमा गाजा सहरमा १५० भन्दा बढी आतंकवादी स्थानमा आक्रमणको घोषणा गरेको थियो।
इजरायलले आफ्नो लक्ष्य हमासको अन्तिम गढ भनिने क्षेत्रमा ३,००० हमास लडाकुलाई परास्त गर्नु र आफ्ना बन्धकलाई मुक्त गर्नु रहेको बताएको छ।