यूएफा च्याम्पियन्स लीगः रियल म्याड्रिड र टोटनह्यामको रोमाञ्चक जीत

IMG-20250917-WA0108

यूएफा च्याम्पियन्स लीग फूटबल प्रतियोगितामा १५ पल्टको च्याम्पियन रियल म्याड्रिडको साथमा टोटनह्याम र आर्सनलले जीतको साथ शुरुवात गऱ्यो। यसबीच युभेण्टस चाहिँ ड्र-मा रोकियो। मंगलवार राति खेलिएको म्याचमा रियल म्याड्रिडले इटालियन क्लब मार्सिलेलाई २-१-ले पराजित गऱ्यो। आफ्नो होम ग्राउण्ड सेण्टियागो बर्नब्यू स्टेडियममा ४३ प्रतिशत पोजेशनको साथ खेल्ने रियल म्याड्रिडका अनुभवी फूटबलर डानी कार्वाहाललाई ७२औं मिनटमा रेड कार्ड देखाइयो। ट्रेण्ट अलेक्जेण्डर अर्नोल्ड चोटग्रस्त हुँदा मैदानमा प्रवेश गर्ने कार्वाहालले रियल म्याड्रिडको कर्नर किकको समय विपक्षी गोलकीपरको अनुहारमा शीरले हिर्काए। शुरुवातमा त रेफरीले केही बुझ्न सकेनन् तर मार्सिलेका खेलाड़ीहरूले आपत्ति जनाउँदा भीएआर-को सहारा लिइयो। भीएआर-मा हिर्काएको पत्तो लागेपछि रेफरीले ७२औं मिनटमा कार्वाहाललाई रेड कार्ड देखाए। म्याचमा टिमोथी विएहले २२औं मिनटमै मार्सिलेलाई बढ़त दिलाए पनि रियल म्याड्रिडलाई कीलियन एम्बाप्पेले जीत दिलाए। उनले म्याचको दुवै गोल पेनल्टीबाट गरे। एम्बाप्पेले पहिला २८औं मिनटमा गोल गरी स्कोर बराबरीमा पुऱ्याए। त्यसपछि ८१औं मिनटमा अझ एक गोलको साथ १० जना खेलाड़ीमा सीमित रियललाई जीत दिलाए।
यसरी प्रीमियर लीगको क्लब टोटनह्यामले स्पेनिश टीम भिल्लारियललाई १-०-ले पराजित गऱ्यो। म्याचको चौथो मिनटमा भिल्लारियलका गोलकीपर लुइस जूनियरले आत्मघाती गोल गर्दा टोटनह्यामले म्याच जित्यो। यसरी आर्सनलले स्पेनकै क्लब एथलेटिक क्लब बिल्बाओविरुद्ध २-०-ले जीत हासिल गऱ्यो। यस अवे म्याचमा ६२ प्रतिशत पोजेशनको साथ खेल्ने प्रीमियर लीग क्लबबाट गेब्रिएल मार्टिनेल्लीले ७२औं र लिएण्ड्रो ट्रोसार्डले ८७औं मिनटमा गोल गरे। इटलीको क्लब युभेण्टस र जर्मनीको क्लब बोरुसिया डर्टमण्डबीच खेलिएको म्याच चाहिँ ४-४-ले ड्र रह्यो। यस हाई स्कोरिंग म्याचको जम्मै गोल दोस्रो हाफको खेलमा बयो। निर्धारित ९० मिनटको खेलमा डर्टमण्ड ४-२-ले अघि रहेको थियो तर युभेण्टसले पनि इञ्ज्युरी टाइममा लगातार २ गोल गरी म्याच बचायो। आफ्नो होम ग्राउण्डमा ५२ प्रतिशत पोजेशनको साथ खेल्ने युभेण्टसको तर्फबाट डुसान भ्लाहोविचले ६७औं र इञ्ज्युरी टाइमको चौथो मिनटमा गोल गरे। यसबाहेक केनान यिल्दिजले ६३औं र लोयड केल्लीले इञ्ज्युरी टाइमको छैटौं मिनटमा गोल गरे। यसरी बोरुसिया डर्टमण्डबाट करिम एडेयेमीले ५२औं, फेलिक्स नमेचाले ६५औं, यान कौटोले ७४औं र रेमी बेन्सेबेनीले ८६औं मिनटमा गोल गरे। च्याम्पियन्स लीगको अन्य म्याचहरूमा अजरबैजानको क्लब काराबाग एफके-ले बेनफिकालाई ३-२-ले अनि बेल्जियमको क्लब रोयाल यूनियन सेण्ट-गिलोसले पीएसभी-लाई ३-१-ले पराजित गऱ्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement