५७९ करोड़ रुपियाँको अनुबन्धमा अपोलो टायर्स बन्यो भारतीय क्रिकेट टीमको नयाँ प्रायोजक

IMG-20250917-WA0089

मुम्बई: भारतीय क्रिकेट टीमलाई नयाँ प्रायोजक प्राप्त भयो। भारतीय क्रिकेट टीमको जर्सीमा अब अपोलो टायर्सले ड्रीम इलेवेनको स्थान लिनेछ। भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई) र अपोलो टायर्सबीच अढ़ाई सालको निम्ति अनुबन्ध भएको छ, जुन मार्च २०२८ मा समाप्त हुनेछ। यस अनुबन्धअन्तर्गत अपोलो टायर्सको लोगो सबै प्रारूपहरूमा भारतीय पुरुष र महिला राष्ट्रिय टीमको जर्सीमा देखिनेछ। यो अनुबन्ध ५७९ करोड़ रुपियाँको रहेको छ, जुन ड्रीम इलेवेनको ३५८ करोड़ रुपियाँको अनुबन्धभन्दा अधिक हो। यस अनुबन्धमा १२१ द्विपक्षीय म्याच र २१ वटा आईसीसी म्याच सामेल छ। अपोलो टायर्स एउटा बहुराष्ट्रिय टायर निर्माता कम्पनी हो, जसको मुख्यालय गुरुग्राममा रहेको छ। यस कम्पनीको भारत र विदेशमा (यूरोप सहित) उत्पादन एकाइहरू रहेको छ। भारतीय क्रिकेट टीमको प्रायोजक बन्ने होड़मा अपोलो टायर्सको साथमा केनवा र जेके टायर जस्ता कम्पनीहरू पनि रहेको थियो।
बीसीसीआईले भारतीय टीमको मुख्य प्रायोजक अधिकारको निम्ति २ सेप्टेम्बरमा आवेदन आमन्त्रित गरेको थियो अनि बोली प्रक्रिया मंगलवार भयो। बीसीसीआईको नियमहरू अनुसार, गेमिंग, बेटिंग, क्रिप्टो र तम्बाकू ब्राण्डहरूलाई बोली प्रक्रियामा भाग लिने अनुमति छैन। यसैकारण अब आउँदो समयमा भारतीय क्रिकेटरहरूलाई अपोलो टायर्स लेखिएको जर्सी लगाएर खेलिरहेको देखिनेछ। आउँदो समयमा भारतको व्यस्त अन्तर्राष्ट्रिय क्रिकेट क्यालेण्डरलाई ध्यानमा राखेर अपोलो टायर्सलाई वैश्विक स्तरमा व्यापक पहिचान प्राप्त हुनेछ। यस अनुबन्धलाई हालका वर्षहरूमा भारतीय क्रिकेटको सबैभन्दा ठूलो अनि सबैभन्दा फाइदाजनक प्रायोजन अनुबन्धहरूमा एक मानिएको छ। बीसीसीआई सचिव देवजीत सैकियाले भने, अपोलो टायर्स हामीसँग नयाँ प्रायोजकको रूपमा जोड़िनु हाम्रो टीमहरूको कठोर मेहनत र लगातार असल प्रदर्शनको प्रमाण हो। यो केवल एउटा व्यावसायिक सम्झौता नभएर यस्ता दुईवटा संस्थाबीचको साझेदारी हो, जसले लाखौं मानिसहरूका विश्वास र सम्मान अर्जित गरेको छ। ड्रीम इलेवेन र बीसीसीआईबीच अनुबन्ध हालै समाप्त भएको थियो कारण यो एउटा बेटिंग सम्बन्धित ऐप हो, जसमाथि प्रतिबन्ध लगाइएको छ। हालै पारित अनलाइन गेमिंग बिल २०२५ ले गर्दा ड्रीम इलेवेनले अनुबन्धबाट बाहिर निस्किने फसेला गरेको थियो। बीसीसीआईका उपाध्यक्ष राजीव शुक्लाले भने, हामी अपोलो टायर्सलाई हाम्रो नयाँ लीड स्पन्सरको रूपमा स्वागत गर्दै खुशी छौं। यो एउटा ऐतिहासिक अवसर हो, जसले भारतको दुईवटा सबैभन्दा मजबूत र स्थायी विरासतहरूलाई एकसाथ ल्याउँछ- भारतीय क्रिकेटको अटूट भावना र अपोलो टायर्सको अग्रणी विरासत। बोली प्रक्रियाको प्रतिस्पर्धात्मक प्रकृतिले बीसीसीआईमा मजबूत बजार विस्वास र टीम इण्डियाको वैश्विक ब्राण्डलाई दर्शाउँछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement