शहीद गोल्ड कपः सेमिफाइनलमा पुग्न सफल यूकेएफसी

IMG-20250917-WA0091

कालेबुङ: युनाइटेड भेटरन्स क्लब, कालेबुङको तत्त्वावधानमा आयोजित शहीद गोल्ड कप फूटबल टुर्नामेण्टमा युनाइटेड खरसाङ फूटबल क्लब (यूकेएफसी)-ले सेमिफाइनलमा प्रवेश गऱ्यो। मेला ग्राउण्डमा मंगलवार खेलिएको चौथो तथा अन्तिम क्वार्टर फाइनल म्याचमा यूकेएफसीले खिदिरपुर उत्सव, कलकत्ताविरुद्ध २-० ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट चिराग भुजेलले छैटौं अनि बीरेन प्रधानले २६औं मिनटमा गोल गरे। यूकेएफसीका राज राउतलाई प्लेयर अव् द म्याच चयन गरियो। आजको म्याचसँगै टुर्नामेण्टको सेमिफाइनल समीकरण पनि तयार भयो। यूकेएफसीले १८ सेप्टेम्बरमा खेलिने पहिलो सेमिफाइनलमा ब्रदरहूड एफसी (गान्तोक, सिक्किम)-को चुनौती स्वीकार्नेछ। यसरी दोस्रो सेमिफाइनल १९ सेप्टेम्बरमा जर्जियन एफसी र सिङलिङ स्पोर्टिंग क्लब (सिक्किम)-बीच खेलिनेछ। टुर्नामेण्टको फाइनल २१ सेप्टेम्बरमा खेलिनेछ।

टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ८ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक समितिको तर्फबाट फूटबल चीफ कोअर्डिनेटर राजु ग्याबाक ले जानकारी दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement