शेनझेन (चीन): स्टार भारतीय ब्याडमिण्टन खेलाड़ी पीभी सिन्धूले बुधवार पहिलो राउण्डमा डेनमार्ककी जूली डावाल जेकबसनलाई सीधा गेममा पराजित गरी चीन मास्टर्स सुपर ७५० ब्याडमिण्टन टुर्नामेण्टमा महिला एकलको प्री-क्वार्टर फाइनलमा प्रवेश गरिन्। दुईपल्टकी ओलम्पिक पदक विजेता सिन्धूले जेकबसनलाई केवल २७ मिनटमा २१-४, २१-१०-ले पराजित गरिन्। भारतीय खेलाड़ीलाई यो जीत हङकङ ओपन सुपर ५०० टुर्नामेण्टको शुरुवाती राउण्डमा डेनमार्ककी लाइन क्रिस्टोफरसनविरुद्ध हारको १० दिनभन्दा कम्ती समयमा हासिल भयो। यस साल हङकङ ओपनसहित ६ वटा बीडब्ल्यूएफ वर्ल्ड टूर प्रतियोगिताहरूमा पहिलो राउण्डमै हारको सम्मुखीन हुने सिन्धूलाई असल फर्ममा देखियो अनि यस ३० वर्षीय खेलाड़ीले केही समयमै असल बढ़त हासिल गरिन्। भारतीय खेलाड़ीलाई पहिलो गेम जित्न १० मिनटभन्दा सामान्य अधिक समय लाग्यो। दोस्रो गेममा पनि यो क्रम जारी रह्यो। गत दुईवटा म्याचमा डेनमार्ककी खेलाड़ीलाई पराजित गर्ने सिन्धूले दोस्रो गेममा चाँड़ै ४-१-को बढ़त हासिल गरिन् तर जेकबसनले पनि पछिबाट स्कोर ४-४-को बराबरीमा पुऱ्याइन्। त्यसपछि सिन्धूले आफ्नो अनुभव र असाधारण तक्निकको साथ आफ्नो प्रतिद्वन्द्वीको चुनौतीलाई ध्वस्त गरिन्। सिन्धूले लगातार ६ पोइण्ट्सको साथ पहिला ११-८ अनि पछिबाट १७-८-को बढ़त हासिल गरिन् अनि सजिलै म्याच जितिन्। यसअघि यी दुई खेलाड़ीबीच मार्चमा स्विस् ओपनको शुरुवाती राउण्डमा भिड़न्त हुँदा म्याच हारे पनि जेकबसनले सिन्धूलाई कड़ा चुनौती दिएकी थिइन्।