कोलकाता: बिल्डर्स एशोसिएशन अफ इन्डिया (बीएआई) को कोलकाता–आधारित ईस्टर्न सेन्टरले आफ्नो ७५ वर्षको निरन्तर योगदानलाई इन्जिनियर डे २०२५ को अवसरमा विशेष समारोहमार्फत् मनाएको छ।
कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिष्ठित इन्जिनियर तथा वरिष्ठ टेक्नोक्र्याटहरूलाई सम्मान गरिएको थियो। उनीहरूले भारतको पूर्वाधार र निर्माण क्षेत्रमा दिएको योगदानलाई उच्च मूल्याङ्कन गर्दै नयाँ पुस्ताका लागि प्रेरणादायी उदाहरण प्रस्तुत गरिएको आयोजकहरूले बताए।
बीएआई कोलकाता सेन्टरका अध्यक्ष अम्लान कुमार विश्वासले संगठनले निर्माण क्षेत्रमा पारदर्शिता, एकता र नैतिकतालाई प्राथमिकता दिने बताउँदै श्रमिक सुरक्षा, निर्माण प्रविधिको आधुनिकीकरण र निविदा प्रक्रियामा सुधारका लागि संगठन निरन्तर सक्रिय रहेको बताए।
सो अवसरमा सीपीडब्ल्यूडी, पीडब्ल्यूडी, एचआरबीसी, एमबीएल, पीएचई का वरिष्ठ अधिकारीसहित शैक्षिक, नीतिनिर्माण तथा निर्माण क्षेत्रमा संलग्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। कार्यक्रमले वरिष्ठ इन्जिनियरहरूको योगदानलाई सम्मान गर्दै भविष्यमा दिगो पूर्वाधार निर्माणप्रति प्रतिबद्धता व्यक्त गर्यो।