दुबई: एशिया कप २०२५-मा भारत-पाकिस्तान म्याचपछि भएको ह्याण्डशेक विवादमाथि अन्तमा गएर भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई)-को तर्फबाट बयान आएको छ। आइतवार दुबई इण्टरनेशनल क्रिकेट स्टेडियममा म्याच जितेपछि भारतीय खेलाड़ीहरूले पाकिस्तानी खेलाड़ीहरूसँग हात मिलाएका थिएनन्। कप्तान सूर्यकुमार यादवले पनि पाकिस्तानका कप्तान सलमान अली आगासँग अभिवादन गरेनन्। यस घटनाले पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) क्षुब्ध भएको छ अनि उनीहरूले एशियाई क्रिकेट काउन्सिल (एसीसी)-मा आधिकारिक नालिश दर्ता गरेका छन्। बीसीसीआईका एकजना वरिष्ठ अधिकारीले बताएअनुसार, हात मिलाउनु केवल एउटा परम्परा हो, कुनै नियम होइन। अधिकारीले भने, हामीले क्रिकेटको नियमहरूको किताब पढ़्यौं भने पनि त्यसमा हात मिलाउने कुरा उल्लेख गरिएको छैन। यो केवल एउटा गुडविल जेस्चर हो, जसलाई विश्वभरि खेल भावनाको निम्ति एउटा परम्पराको रूपमा निर्वाह गरिन्छ। बीसीसीआईका अधिकारीले भने, यस्तो कुनै नियम नै छैन भने भारतीय टीमसँग विपक्षी टीमसँग हात मिलाउनै पर्ने वाध्यता छैन। विशेषगरी दुई देशबीच सम्बन्ध तनाउपूर्ण रहेको समय।
भारतीय खेलाड़ीहरूले पाकिस्तानका खेलाड़ीहरूसँग हात नमिलाउँदा उत्पन्न भएको विवाद अहिलेसम्म शान्त भएको छैन। भारतविरुद्ध ७ विकेटले हारको सम्मुखीन भएपछि रिसाएको पाकिस्तान क्रिकेट बोर्डले यस घटनाको निम्ति म्याच रेफरी एण्डी पायक्राफ्टलाई जिम्मेवार ठहऱ्याउँदै उनलाई टुर्नामेण्टबाट हटाउने माग गरेको छ। भारतीय कप्तान सूर्यकुमारले चाहिँ टोलीको यस सोचको समर्थन गरेका छन्। यसबीच भारतीय टीम २८ सेप्टेम्बरमा फाइनलमा पुगे खेलाड़ीहरूले पीसीबी चेयरमैन मोहसिन नकवीसँग साझा गर्नु पर्नेछ। नकवी एसीसी प्रमुख भएको हुनाले उनले विजेता टीमलाई ट्रफी दिन सक्छन्। त्यस क्षेत्रमा भारतीय टीमको रणनीति के हुनेछ भन्ने हेर्नु रोचक हुनेछ। आइतवार भारत र पाकिस्तानका खेलाड़ीहरूले टस र वर्मअपको समय पनि एकार्कासँग कुराकानी गरेनन्। यसरी सुपर ४ चरणमा फेरि भारत र पाकिस्तानबीच भिड़न्त भए भारतीय खेलाड़ीहरूका विपक्षी टीमसँग हात नमिलाउने फसेला कायम रहन सक्छ।