स्पीड स्केटिंगमा ऐतिहासिक स्वर्ण पदक जित्न सफल आनन्दकुमार

IMG-20250916-WA0102

नयाँ दिल्ली: भारतले एकपल्ट फेरि खेल जगतमा आफ्नो छाप छोड़्यो। भारतका आनन्दकुमार वेलकुमारले चीनको बेइदाइहेमा जारी स्पीड स्केटिंग वर्ल्ड च्याम्पियनशीप २०२५-मा स्वर्ण पदक जितेर इतिहास रचेका छन्। २२ वर्षीय आनन्दकुमारले सीनियर पुरुषहरूका १००० मीटर स्प्रिण्ट रेसमा १ः२४ः९२४ मिनटको समय लिएर पहिलो स्थान हासिल गरे अनि भारतलाई यस च्याम्पियनशीपमा पहिलो स्वर्ण पदक दिलाए। यसअघि उनले यस च्याम्पियनशीपमा ५०० मीटर स्प्रिण्टमा पनि काँस्य पदक जितेर भारतलाई पहिलो सीनियर वर्ल्ड च्याम्पियनशीप पदक दिलाएका थिए। उनले ५०० मीटर स्प्रिण्ट ४३ः०७२ सेकेण्डमा पूरा गरेका थिए। यस ऐतिहासिक प्रदर्शनले भारत क्रिकेट या ब्याडमिण्टनमा मात्र नभएर स्पीड स्केटिंग जस्ता चुनौतीपूर्ण खेलहरूमा पनि विश्वको ठूलो ताकत बनिरहेको स्पष्ट भएको छ। जूनियर वर्गमा पनि भारतका युवा स्केटर कृष शर्माले १००० मीटर स्प्रिण्टमा स्वर्ण पदक जितेर यस खेलमा भारतको भविष्य उज्जव रहेको साबित गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement