नेपालमा जेन–जी आन्दोलनमा निधन भएकालाई सहिद घोषणा, असोज १ गते शोक दिवस

IMG-20250915-WA0159

काठमाडौँ: नेपाल सरकारले जेन–जी आन्दोलनमा निधन भएका व्यक्तिहरूलाई सहिद घोषणा गर्ने निर्णय गरेको छ। उनीहरुलाई राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिनेछ। साथै, मृतकको सम्झनामा असोज १ गते शोक दिवस मनाइने भएको छ।
गृह मन्त्री ओमप्रकाश अर्यालले सोमबार साँझ मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै जानकारी दिएका हुन्। मन्त्रिपरिषद्ले मृतक परिवारलाई १५ लाख रुपैयाँ दिने निर्णय पनि गरेको छ।
त्यसैगरी, भदौ २३ र २४ गतेका घटनाहरूको छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग गठन गरिने छ। मृतकको सम्मानमा जेन–जी स्मारक निर्माण गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement