वञ्चित बालबालिका र विशेष आवश्यकता भएका लागि आयकर क्लब, पश्चिम बंगालको सहयोग

IMG-20250915-WA0102

कोलकाता: समाजप्रति आफ्नो दायित्व वहन गर्दै इनकम ट्याक्स स्पोर्ट्स एण्ड रिक्रिएसन क्लब, पश्चिम बंगालले ८१औं वार्षिक सांस्कृतिक उत्सवको अवसरमा दुई स्वैच्छिक संस्थालाई आर्थिक सहयोग प्रदान गरेको छ।
दमदमस्थित निहारकना पुनर्स्थापना केन्द्र की निर्देशक कान्त चक्रवर्तीलाई र केस्टोपूर रवीन्द्रपल्ली संवेदन का निर्देशक समीत साहालाई यो सहयोग हस्तान्तरण गरिएको हो। यी संस्थाहरूले सडकमा हुर्किरहेका बालबालिकाको शिक्षा र पुनर्वास, साथै विशेष आवश्यकता भएका बालबालिकाको जीवनलाई अवसर र आशाले भरिदिन योगदान पुर्‍याइरहेका छन्।
कार्यक्रमको उद्घाटन आयकर विभाग, पश्चिम बंगाल तथा सिक्किम क्षेत्रकी प्रिन्सिपल चीफ कमिश्नर र क्लबकी प्रमुख संरक्षक सुरभि वर्मा गर्गले दीप प्रज्वलन गरी गर्नुभयो। क्लब अध्यक्ष विक्रान्त पाल सिंहले सहयोग रकम हस्तान्तरण गर्नुभयो।
उत्सवमा बलिउड गायक पलक मुच्छल र पलाश मुच्छलले प्रस्तुतिहरू दिएका थिए।
सुरभि वर्मा गर्गको भनाइमा, “यो आयोजना पुरस्कार मात्र नभई समाजप्रति समर्पण र मानवताप्रति सम्मान हो।”

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement