कोलकाता: दुर्गा पूजालाई लक्षित गर्दै भारतको अग्रणी ज्वेलरी ब्रान्ड तनिष्कले “आबाहोन” नामक नयाँ कलेक्शन सार्वजनिक गरेको छ। “आबाहोन” अर्थात् आह्वान भन्ने अर्थ दिने यो कलेक्शन बंगालको सांस्कृतिक धरोहर र दुर्गा पूजाको कलात्मकताबाट प्रेरित भएको बताइएको छ।
यस कलेक्शनको उद्घाटन बंगाली अभिनेत्री मिमी चक्रवर्ती र तनिष्कका रिटेल तथा मार्केटिङ उपाध्यक्ष अरुण नारायणले गरे। उनीहरूले यो कलेक्शन आधुनिक बंगाली महिलाको आत्मविश्वास र परम्परा–प्रतिको गर्वलाई प्रतिनिधित्व गर्ने बताए।
“आबाहोन” मा रानी हार, टाई हार, झुम्का, चोकरदेखि ब्राइडल ज्वेलरीसम्मका विभिन्न डिजाइन समावेश छन्। यसमा शोला पीठ, डाकर शाज र तारकशी फिलिग्रीजस्ता परम्परागत शिल्पलाई आधुनिक शैलीमा पुनः प्रस्तुत गरिएको छ।
दुर्गा पूजाको अवसरमा तनिष्कले विशेष अफर पनि ल्याएको छ- सुनका गहनामा प्रति ग्राम ४५० रुपैयाँसम्म छुट र हिरामा २०% सम्म छुट। यो कलेक्शन पश्चिम बंगालका सबै तनिष्क स्टोरहरूमा उपलब्ध हुनेछ।