नेपालमा आम निर्वाचन गराउनका लागि सहकार्य गर्न हामी तयार छौं: अमेरिका

IMG-20250914-WA0103

काठमाडौं: अमेरिकाले अन्तरिम सरकारद्वारा घोषणा भएको आम निर्वाचन सम्पन्न गराउनका लागि आफू सहयोग गर्न तयार गरेको बताएको छ। आइतबार काठमाडौंस्थित अमेरिकी दूतावासले विज्ञप्ति जारी गरी यस्तो बताएको हो।
अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भएकी पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई बधाई दिँदै यो अवस्थामा आउनका लागि आन्दोलन गरेका युवा र अन्तरिम सरकार गठनका लागि सहजीकरण गरेका राष्ट्रपति रामचन्द्र पौडेलको प्रशंसासमेत गरेको छ।
दूतावासले अन्तरिम सरकारले आगामी महिनाहरुमा नयाँ निर्वाचनको तयारी गर्नेक्रममा नेपालसँग अमेरिका सहकार्यका लागि तयार रहेको बताएको छ।
यस्तै नेपाली सेना र प्रधानसेनापति अशोकराज सिग्देललाई संक्रमणकाललाई सहज बनाउँदै शान्तिपूर्ण नागरिक सरकार र व्यवस्था पुनर्स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेलेको भन्दै सम्मानसमेत गरेको छ । नेपालसँग सहकार्य गर्न तयार छौं।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement