लन्डन र्‍यालीमा हिंसा, २६ पुलिसकर्मी घाइते

IMG-20250914-WA0081

लन्डन: बेलायतको लन्डनमा अति दक्षिणपन्थी कार्यकर्ता टमी रोबिन्सनले आयोजना गरेको र्‍याली हिंसात्मक बनेको छ। र्‍यालीमा करिब डेढ लाख मानिस सहभागी थिए।
पुलिसका अनुसार ‘युनाइट द किंगडम’ नामक र्‍यालीमा केही व्यक्तिहरूले प्रहरीमाथि बोतल र अन्य सामान प्रहार गरेका थिए। यसले गर्दा २६ जना प्रहरी घाइते भएका थिए, तीमध्ये चार जनाको अवस्था गम्भीर छ।
र्‍यालीविरुद्ध ʻस्ट्यान्ड अप टु रेसिज्मʼले विरोध प्रदर्शन गरेको थियो। यसमा करिब ५ हजार मानिस सहभागी थिए।
हालसम्म विभिन्न अपराधअन्तर्गत २५ जनालाई पक्राउ गरिएको छ। प्रहरीले हिंसालाई पूर्ण रूपमा अस्वीकार्य बताएको छ।
र्‍यालीका क्रममा सुरक्षा कडा राखिएको थियो। समर्थकहरूलाई हटाउन प्रहरीले लाठीचार्ज गरेको थियो, जसमा झडप भएको थियो।
टमी रोबिन्सनको वास्तविक नाम स्टीफन याक्सली–लेनन हो। उनले जनसभामा नेताहरूको आलोचना गर्दै अदालतहरूले स्थानीय समुदायको भन्दा कागजात नभएका आप्रवासीको अधिकारलाई प्राथमिकता दिने दाबी गरेका थिए।
गत महिना, पुनरावेदन अदालतले एसेक्सको द बेल होटलमा शरणार्थीलाई आवास दिन रोक लगाउने आदेश उल्टाएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement