काठमाडौं: जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्लामा लगाइएको कर्फ्यू तथा निषेधाज्ञा हटाउने निर्णय गरेको छ। जिल्ला प्रशासन कार्यालयले एक प्रेस विज्ञप्ति जारी गर्दै शनिबारदेखि कर्फ्यू तथा निषेधाज्ञा हटाउने निर्णय गरेको छ।
सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै प्रमुख जिल्ला अधिकारीको ११ सितम्बर काे आदेश अनुसार विभिन्न स्थानमा तोकिएका निषेधित क्षेत्र सम्बन्धी आदेशहरू यथावत रहने प्रेस विज्ञप्तिमा भनिएको छ।