म्यानचेष्टर: रेकर्डको वर्षा भएको दोस्रो टी२० इण्टरनेशनल क्रिकेट म्याचमा ईंग्ल्याण्डले दक्षिण अफ्रिकालाई १४६ रनले पराजित गऱ्यो। यस जीतको साथै ईंग्ल्याण्डले ३ वटा म्याचको सीरीजमा १-१-को बराबरी हासिल गऱ्यो। टस हारेर पहिला ब्याटिंग गर्दै ईंग्ल्याण्डले म्याचमा रनको वर्षा गर्दै २० ओभरमा २ विकेट गुमाएर ३०४ रन बनायो। यसरी ईंग्ल्याण्ड टी२० इण्टरनेशनल क्रिकेटमा ३०० रन बनाउने तेस्रो टीम बन्यो। यसबाहेक ईंग्ल्याण्ड यस प्रारूपमा ३०० रनको आँकड़ा पार गर्ने पहिलो पूर्णकालिक सदस्य देश बन्यो। विशाल स्कोरलाई पीछा गर्दै दक्षिण अफ्रिका १६.१ ओभरमा १५८ रन बनाएर अलआउट भयो। टी२०आई प्रारूपमा सर्वाधिक ३४४ रन (४ विकेट) बनाउने रेकर्ड जिम्बाब्वेको नाममा रहेको छ, जसले गत वर्ष गाम्बियाविरुद्ध म्याचमा यस उपलब्धिलाई हासिल गरेको थियो। यसरी नेपालले मंगोलियाविरुद्ध २०२३-मा खेलिएको म्याचमा ३ विकेटमा ३१४ रन बनाएको थियो। म्याचमा पहिला ब्याटिंग गर्दै ईंग्ल्याण्डको तर्फबाट फिल सल्टले सर्वाधिक १४१ रन बनाए। उनले ६० बल खेलेर १५ वटा चौका र ८ वटा छक्का लगाए। यसबाहेक जोस बटलरले ८३ र कप्तान ह्यारी ब्रूकले अविजित ४१ रन बनाए। बटलरले ३० बल खेलेर ८ वटा चौका र ७ वटा छक्का लगाए। सल्ट र बटलरले पहिलो विकेटको निम्ति ७.५ ओभरमा १२६ रनको पार्टनरशीप गरेर असल शुरुवात दिलाएपछि अन्य ब्याटरहरूले पनि तेजीको साथ रन बनाए। सल्टले केवल ३९ बलमा शतक पूरा गरे, जुन ईंग्ल्याण्डको निम्ति यस प्रारूपमा सबैभन्दा तेज शतक हो। उनले लियाम लिविंगस्टोनको रेकर्ड तोड़े, जसले पाकिस्तानविरुद्ध २०२१-मा केवल ४२ बलमा शतक बनाएका थिए। म्याच जित्न ३०५ रनको लक्ष्यलाई पीछा गर्दै दक्षिण अफ्रिकालाई कप्तान ऐडन मार्करमले तेज शुरुवात दिलाए पनि टीमले लगातार अन्तरालमा विकेट गुमायो। मार्करमले ४ वटा छक्का र २ वटा चौकाको साथ २० बलमा ४१ रन बनाए। यसबाहेक ट्रिस्टन स्टब्स र डोनोभन फरेराले २३-२३ रनको योगदान दिए। ईंग्ल्याण्डका बलरहरूमा जोफ्रा आर्चरले सर्वाधिक ३ विकेट लिए।