कोलकाता: टीभीएस मोटर कम्पनीले भारतकै पहिलो हाइपर स्पोर्ट स्कूटर एनटॉर्क १५० सार्वजनिक गरेको छ। १४९.७ सिसी इन्जिनसहितको यस स्कूटरले ० देखि ६० किमी/घण्टा मात्र ६.३ सेकेन्डमै पुग्ने दाबी गरिएको छ। यसको शीर्ष गति १०४ किमी/घण्टा रहेको कम्पनीले जनाएको छ।
नयाँ मोडलमा एबीएस र ट्र्याक्सन कन्ट्रोल जस्ता सुरक्षा फिचर थपिएको छ। हाई-रेजोल्युसन टीएफटी क्लस्टरमा ५० भन्दा बढी स्मार्ट फिचर उपलब्ध छन्, जसमा एलेक्सा र स्मार्टवाच इन्टिग्रेशन विशेष आकर्षण मानिन्छ।
स्टिल्थ एयरक्राफ्टबाट प्रेरित यसको डिजाइनलाई भविष्यवादी र स्पोर्टी बताइएको छ। कम्पनीका वरिष्ठ उपाध्यक्ष अनिरुद्ध हल्दरका अनुसार, यो स्कूटर “नयाँ पुस्ताको उच्च प्रदर्शनप्रतिको आकांक्षा पूरा गर्ने उद्देश्यले ल्याइएको हो।”
टीभीएस एनटर्क १५० को सुरुआती मूल्य १ लाख १९ हजार रुपैयाँ (एक्स-शोरूम, भारतभर) तोकिएको छ।