‘हामी उठ्नेछौं’ लेखिएको छ
काठमाडौं: नेपाली कांग्रेसका कार्यकर्ताहरूले पार्टी केन्द्रीय कार्यालय सानेपामा पार्टी झण्डा र ब्यानर गाडेका छन्।
विरोध प्रदर्शनका क्रममा जेन-जी युवाहरूले पार्टी कार्यालयमा आगजनी गरेका थिए। तर आज बिहान कार्यालय पुगेर युवा कार्यकर्ताहरूले पार्टी झण्डा र बीपी कोइरालाको तस्वीर र ब्यानर गाडेका छन्। बीपीको तस्वीर मुनि लेखिएको छ: उहाँले पार्टी बनाउनुभयो, हामी यसलाई बलियो बनाउनेछौं, हामी उठ्नेछौं।