ग्वांगजू (दक्षिण कोरिया): वर्ल्ड च्याम्पियनशीपको रिकर्व धनुकाँड़ (आर्चरी) स्पर्धामा पदक जित्ने भारतको सम्भावनालाई फेरि एकपल्ट झट्का लाग्यो कारण देशकी अन्तिम आशा १५ वर्षीय गाथा खड़केले शुक्रवार यहाँ प्री-क्वार्टर फाइनलमा विश्वकी नम्बर एक खेलाड़ी लिम सी-हियोनविरुद्ध हारको सामना गर्नु पऱ्यो। गाथाले आफ्नो फर्म हासिल गर्न अघि नै सबैथोक समाप्त भयो। पोरिस ओलम्पिकमा ३ वटा स्वर्ण पदक जित्ने कोरियाई खेलाड़ीले घरेलु दर्शकहरू अघि सजिलैसँग ६-०-ले जीत हासिल गरिन्। भारतले यसअघि अन्तिमपल्ट २०१९-मा वर्ल्ड च्याम्पियनशीपको रिकर्भ स्पर्धामा स्वर्ण पदक जितेको थियो। त्यस समय तरुणदीप राई, अतनु दास र प्रवीण जाधवको पुरुष टीमले डेन बशमा रजत पदक हासिल गरेको थियो। दोस्रोपल्ट कुनै सीनियर अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिइरहेकी गाथाले कोरियाई खेलाड़ी समक्ष कुनै चुनौती पेश गर्न सकिनन्। लिमले ३ वटा परफेक्ट १०-को साथ शुरुवात गरिन्। गाथाले दुईपल्ट ९ र एकपल्ट ८-मा निशाना लगाइन्। यसरी पहिलो सेटमा उनले २६-३०-ले गुमाइन्। गाथाले त्यसपछि पनि आशानुरुप प्रदर्शन गर्न सकिनन्। यसरी भारत रिकर्भ धनुकाँड़मा लगातार तेस्रोपल्ट खाली हात फर्किने तय भयो। दीपिका कुमारीको अझ एउटा निराशाजनक प्रदर्शनले यस कहानीलाई अझ पोख्त गऱ्यो, जो पहिलो राउण्डमै बाहिर भइन्। चारपल्टकी ओलम्पियन तथा ६ पल्ट वर्ल्ड च्याम्पियनशीपमा हिस्सा लिईसकेकी दीपिकाले अहिलेसम्म एकपल्ट पनि वर्ल्ड च्याम्पियनशीपमा पदक जित्न सकेकी छैनन्। उनी इण्डोनेशियाकी डायनाण्डा चोइरुनिसाविरुद्ध ५ सेटमा पराजित भइन्। भारतलाई फेरि एकपल्ट कम्पाउण्ड वर्गमा मात्र पदक प्राप्त भयो। यस स्पर्धामा ऱिषभ यादव, प्रथमेश फुगे र अमन सैनीको पुरुष टीमले ऐतिहासिक स्वर्ण पदक जित्यो। यादवले ज्योति सुरेखा वेन्नमसँग मिलेर मिश्रित टीम स्पर्धामा पनि रजत पदक जिते।