एशियन युथ गेम्समा योगेश्वर दत्तलाई मिशन प्रमुखको पद

IMG-20250911-WA0076

नयाँ दिल्ली: ओलम्पिक पदक विजेता पहलवान योगेश्वर दत्तलाई आउँदो महिना हुने एशियान युथ गेम्सको निम्ति ठूलो जिम्मेवारी दिइएको छ। योगेश्वर भारतीय टीमको मिशन प्रमुख हुनेछन् जबकि भारतीय आइस स्केटिंग संघका अध्यक्ष अमिताभ शर्माले २०२६ शीतकालीन ओलम्पिकमा यस भूमिकालाई निर्वाह गर्नेछन्। भारतीय ओलम्पिक संघ (आईओए)-को कार्यकारी समितिको बैठकमा यस्तो फसेला लिइयो। लण्डन ओलम्पिक २०१२-मा काँस्य पदक जित्ने योगेश्वरले भने, म बहरीनमा हुने एशियन युथ गेम्सको निम्ति मिशन प्रमुखको रूपमा जानेछु। यस जिम्मेवारीको निम्ति म उत्सुक छु अनि आईओए-लाई धन्यवाद दिन चाहन्छु। योगेश्वर उत्कृष्ट खेलाड़ी (एसओएम)-मा एकको रूपमा आईओए कार्यकारी समितिका सदस्य पनि हुन्। एशियन युथ गेम्सको तेस्रो सत्र उज्बेकिस्तानको ताशकन्दमा आयोजित हुनु थियो तर मध्य एशियाई देशले यसबाट आफ्नो नाम फिर्ता लिएको छ। त्यसपछि एशियाई ओलम्पिक परिषदले गत वर्ष यस बहु-खेल आयोजनको जिम्मेवारी बहरीनलाई सुम्पिएको थियो। यसरी अमिताभ ६-देखि २२ फरवरी २०२६-सम्म इटलीको मिलानो कार्टिनामा हुने शीतकालीन ओलम्पिक खेलहरूमा भारतीय मिशन प्रमुख हुनेछन्। अमिताभ पनि आईओए कार्यकारी समितिका सदस्य हुन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement