कोलकाता: ऐशियन पेन्ट्सले दुर्गा पूजा २०२५ को अवसरमा आफ्नो ४० वर्ष पुरा भएको शरद सम्मान कार्यक्रमलाई विशेष परियोजना “चोलते चोलते ४०” मार्फत मनाएको छ। यसअन्तर्गत, कोलकाताका ऐतिहासिक पहेंलो ट्याक्सीहरूलाई चार दशकको सांस्कृतिक यात्राको प्रतीक ‘चलायमान टाइम क्याप्सुल’ मा रूपान्तरण गरिएको छ।
उद्घाटन समारोहमा कम्पनीका एमडी तथा सीईओ अमित सिंगलसँगै अभिनेता अबीर चटर्जी र अभिनेत्री सौरसेनी मैत्रा उपस्थित थिए। कलाकारहरूले यी ट्याक्सीमार्फत कोलकाताको पूजा संस्कृतिको रूपान्तरण विषयगत पंडालदेखि डिजिटल अनुभवसम्म-चित्रण गरेका छन्।
सन् १९८५ देखि सुरु भएको ‘शरद सम्मान’ ले उत्कृष्ट पूजा, उत्कृष्ट कारीगर र वर्षको खोज जस्ता पुरस्कारमार्फत कोलकाताको सिर्जनात्मकतालाई सम्मान गर्दै आएको छ।
यसपटकको पहलले केवल सांस्कृतिक उत्कृष्टता मात्र होइन, शहरका पहेंलो ट्याक्सी चालकहरूको योगदानलाई पनि सम्मान गरेको छ। सन् १९४२ मा स्थापना भएको ऐशियन पेन्ट्स हाल १४ देशमा २६ उत्पादन इकाइामार्फत सेवा दिइरहेको छ।