भने: हामीलाई हाम्रो संविधानमा गर्व छ
नयाँ दिल्ली: भारतका प्रधानन्यायाधीश बीआर गवईले नेपालको अवस्थाबारे संवैधानिक इजलासमा चर्चा गरेका छन्।
५ न्यायाधीशको संवैधानिक इजलासले राष्ट्रपति र राज्यपालहरूको क्षेत्राधिकारसँग सम्बन्धित मुद्दाको सुनुवाइ गरिरहेका थिए। त्यस क्रममा प्रधानन्यायाधीशले भने, हामीलाई हाम्रो संविधानमा गर्व छ। हाम्रा छिमेकी देशहरूमा के भइरहेको छ हेर्नुहोस्। हामीले नेपालको अवस्था पनि देखेका छौं।
यस्तै न्यायाधीश विक्रम नाथले बंगलादेशमा पनि यस्तै अवस्था देखा परेको उल्लेख गरे।
गत हप्ता प्रधानन्यायाधीश बीआर गवईले नेपालको भ्रमण गरेका थिए। उनले नेपालको सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाश मानसिंह राउतसँग भेटेका थिए। यसबाहेक उनले भगवान बुद्धको जन्मस्थल लुम्बिनीको पनि भ्रमण गरेका थिए।
नेपालमा भएको जेनजीको प्रदर्शनपछि केपी शर्मा ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिएका छन्।
प्रधानन्यायाधीश गवईले जेनजीको प्रदर्शन र त्यसपछि भएको राजनीतिक अवस्थाबारे टिप्पणी गरेका हुन्।