काठमाडौं: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि बन्द गरिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले सूचना जारी गर्दै अर्को सूचना नभए सम्मका लागि विमानस्थल बन्द रहने जानकारी गराएको हो।
उपत्यकामा जारी निषेधाज्ञा, कर्फ्यू आदेश, उपत्यका भित्रको विषम परिस्थिति लगायत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वरपर विमान उडान अवतरण मार्गमा देखिएको धुवाँ लगायतले विमानको सुरक्षामा गम्भीर असर पर्नसक्ने भएकाले बन्द गर्नुपरेको सूचनामा भनिएको छ।
 
								



 
								

 
															 
                     
								 
								 
															 
								 
								





