मोरंग: ११ सयभन्दा बढी कैदीबन्दी रहेको मोरङ कारागारमा अराजक समूहले हुलहुज्जत गरेपछि प्रहरीले गोली चलाएको छ।
कैदीबन्दी छुटाउनुपर्ने नारा लगाउँदै आएको हुलले आक्रमण गर्न थालेपछि प्रहरीले १५ राउण्ड हवाई फायर गरेको छ। कारागार परिसरलाई सुरक्षित राख्न यतिखेर सेनाको टोली पनि पुगिसकेको छ।
बाहिर नाराबाजी भएको सुनेपछि कारागारभित्रका कैदीबन्दीले पनि भाग्ने प्रयास गरेका थिए। तर, प्रहरीले गोली चलाएपछि कारागार आक्रमण गर्न आएको हुल भागेको छ।
 
								



 
								

 
															 
                     
								 
								 
															 
								 
								





