न्यूयोर्क: डोनाल्ड ट्रम्पले युक्रेनमा युद्ध अन्त्य गर्ने तरिकाबारे छलफल गर्न युरोपेली नेताहरूले अमेरिका आउने बताएका छन्।
अमेरिकी राष्ट्रपतिले यसपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग पनि कुरा गर्ने बताए।
ट्रम्पले आफ्नो प्रशासन मस्कोमाथि दोस्रो चरणको प्रतिबन्ध लगाउन तयार रहेको पनि संकेत गरे।
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले प्रतिबन्धहरूलाई सही कदमको रूपमा वर्णन गरेका छन्। युरोपले रुसबाट ऊर्जा किन्न बन्द गर्नुपर्ने बताएका छन्।
यसैबीच रुसले युद्ध सुरु भएदेखि नै युक्रेनमा सबैभन्दा ठुलो हवाई आक्रमण गरेको छ। यसमा चार जनाको मृत्यु भएको र पहिलो पटक किभमा रहेको युक्रेनको मुख्य सरकारी भवनलाई निशाना बनाइएको छ।