कोलकाता: ९ वर्षपछि विद्यालय सेवा आयोग (एसएससी) को परीक्षा आइतवार, ७ सेप्टेम्बरमा राज्यभरका ६३६ केन्द्रमा सञ्चालन गरिएको छ। यो परीक्षा सर्वोच्च अदालतको आदेशपछि करिब २६ हजार शिक्षक र गैर-शिक्षण कर्मचारीको जागिर रद्ध भएपछिको पहिलो परीक्षा हो।
एसएससीका अनुसार, यस वर्ष कुल ५ लाख ६५ हजार परीक्षार्थी परीक्षा दिने योजना बनाएका थिए, जसमा ३ लाख १९ हजार ९१९ परीक्षार्थी सहभागी भए। कक्षा ९-१० का शिक्षकका २३,२१२ रिक्त पद भर्न यो परीक्षा आयोजित गरिएको हो।
परीक्षा केन्द्रमा धेरै परीक्षार्थी बिहान १० बजे देखी उपस्थित हुन थाले। परीक्षा दिउँसो १२ बजे देखि १:३० बजे सम्म चल्यो। अपांगता भएका परीक्षार्थीलाई अतिरिक्त ३० मिनेटको समय दिइएको थियो।
नयाँ परीक्षार्थी उत्साहित देखिएका थिए, तर २०१६ प्यानलका जागिर गुमाएका शिक्षकमा चिन्ता र हिचकिचाहट थियो। यूपी, बिहार, झारखंड र राजस्थानबाट पनि धेरै परीक्षार्थी सहभागी हुन आएका थिए।
परीक्षा पछि परीक्षार्थीहरूले प्रश्नपत्र सजिलो रहेको बताएका छन्। अनुभव भएका शिक्षकका लागि परीक्षा सरल रह्यो भने पहिलोपटक परीक्षा दिएका केहीलाई अलि कठिन लागेको छ।