नेपालमा जेनजी आन्दोलन: १९ जनाको मृत्युपछि मन्त्रिपरिषद्को बैठक शुरु, गृहमन्त्री लेखकको राजीनामा

IMG-20250908-WA0141

काठमाडौँ: नेपालमा जेनजी आन्दोलनका कारण १९ जनाको मृत्यु भएपछि यस विषयमा छलफल गर्न मन्त्रिपरिषद्को बैठक सुरु भएको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ६ बजे बोलाइएको बैठक करिब एक घण्टा ढिला गरी सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।


बैठकमा कांग्रेसबाट सरकारको नेतृत्व गरिरहेका उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे सहभागी छैनन्। ती तीनै जना हाल कांग्रेस अध्यक्ष शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा पदाधिकारी बैठकमा उपस्थित छन्।
यसैबीच गृहमन्त्री रमेश लेखकले आजको घटनाको नैतिक जिम्मेवारी लिँदै गृहमन्त्री पदबाट राजीनामा दिएका छन्।


बैठकमा जेनजी आन्दोलनले उठाएका मुद्दाहरूमा छलफल हुने सम्भावना रहेको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement