कोलकाता: मणिपाल अस्पताल, मुकुंदपुर, जो मणिपाल अस्पताल समूहको हिस्सा हो, त्यहाँ ३० वर्षीया महिलाको ज्यान र मातृत्व दुवै आधुनिक प्रविधिबाट सुरक्षित गरिएको छ।
महिला कोलकाताकी बासिन्दा हुन् र पाँच वर्षीया छोरीकी आमा। दोस्रो पटक गर्भवती हुँदा २२ औं हप्तामा गर्भपात भएपछि अचानक तीव्र रक्तस्राव सुरु भयो। परीक्षणमा प्लासेन्टा इन्क्रेटा भन्ने दुर्लभ अवस्था भेटिएको थियो, जसमा प्लासेन्टा गर्भाशयभित्र गहिरो गरी अड्किन्छ।
पहिलो प्रयासमै प्लासेन्टा निकाल्दा अझै बढी रक्तस्राव भएपछि आपत्कालीन रूपमा बलून ट्याम्पोनाड प्रविधि प्रयोग गरियो। त्यसपछि गरिएको एमआरआई स्क्यानले समस्या प्रस्ट पारेपछि चिकित्सक टोलीले युटेराइन आर्टरी एम्बोलाइजेशन नामक प्रविधि अपनाए। यसमा सानो क्याथेटरमार्फत गर्भाशयका धमनीहरू बन्द गरिन्छ, जसले गर्दा रक्तस्राव रोकिन्छ र गर्भाशय सुरक्षित रहन्छ।
यस प्रक्रियामा न ठूलो शल्यक्रिया गर्नुपर्यो न त सामान्य बेहोशिको (जनरल एनेस्थेसिया) आवश्यकता पर्यो। इन्टरभेन्सनल रेडियोलोजिस्ट, स्त्रीरोग विशेषज्ञ र एनेस्थेसियोलोजिस्टको टोलीले संयुक्त रूपमा उपचार सफलतापूर्वक सम्पन्न गर्यो।
महिला छिट्टै स्वास्थ्यलाभ गर्न थालिन्, दुई दिनपछि आईसीयूबाट बाहिर ल्याइयो र पाँच दिनमै अस्पतालबाट डिस्चार्ज गरियो।
उपचार नेतृत्व गरेका डा. पार्थ प्रणतम सामुईले भने,
“आमा गम्भीर अवस्थामा आइपुग्नुभएको थियो। निरन्तर रक्तस्राव भइरहेको थियो र प्लासेन्टा गर्भाशयमा फसेको थियो। यस्तो अवस्थामा प्रायः गर्भाशय नै निकाल्नुपर्ने हुन्छ। तर हामीले एम्बोलाइजेशन प्रविधिबाट खुन रोकेर गर्भाशय सुरक्षित राख्न सफल भयौं। यसले उनको ज्यान मात्रै होइन, भविष्यमा पनि आमा बन्ने सम्भावना जोगिएको छ।”

मणिपाल अस्पताल, मुकुंदपुरमा पहिलो पटक यस्ता जटिल उपचार सफल भएको हो। यसलाई मातृत्व सेवामा एक महत्वपूर्ण उपलब्धि मानिएको छ।