नयाँ दिल्ली: इजरायलको सर्वोच्च अदालतले जेलमा रहेका फिलिस्तीनी कैदीहरूलाई सरकारले पर्याप्त भोजन नदिएको भन्दै फटकार लगाएको छ।
अदालतले आदेश दिंदै कैदीहरूलाई दिनमा कम्तीमा तीनपटक गुणस्तरीय भोजन दिनुपर्ने उल्लेख गरेको छ।
यो फैसला ‘एसोसिएशन फर सिभिल राइट्स इन इजरायल’ र ‘गीशा’ नामक मानवअधिकार संस्थाले दायर गरेको याचिकामाथि आएको हो।
अदालतले भने, यो कुनै विलासिता होइन, बरु न्यूनतम जीवनस्तर सुनिश्चित गर्ने कानुनी दायित्व हो।
फिलिस्तीनी अधिकारीहरूका अनुसार युद्ध शुरु भएदेखि कम्तीमा ६१ कैदीको मृत्यु भइसकेको छ।
मार्च महिनामा १७ वर्षे युवकको भोकमरीकै कारण मृत्यु भएको घटनाले व्यापक ध्यान खिचेको थियो।