न्यूयोर्क: स्पेनका स्टार टेनिस खेलाड़ी कार्लोस अल्काराजले सालको अन्तिम ग्राण्ड स्ल्याम यूएस ओपनमा पुरुष एकलको खिताब जिते। फाइनलमा उनले इटलीका यानिक सिनरललाई ६-२, ३-६, ६-१, ६-४-ले पराजित गरे। यो २०२२ पछि स्पेनिश स्टारको दोस्रो यूएस ओपन खिताब हो। यसरी यो उनको करियरको जम्मा छैटौं ग्राण्ड स्ल्याम खिताब हो। विश्वका नम्बर एक खेलाड़ी सिनर र दोस्रो नम्बरका खेलाड़ी अल्काराजबीच म्याचको शुरुवातमा रोमाञ्चक प्रतिस्पर्धा देखियो। अल्काराजले फाइनलमा असल शुरुवात गर्दै पहिलो सेट ६-२-ले आफ्नो नाम गरे। त्यसपछि सिनरले पनि फर्म हासिल गर्दै दोस्रो सेट ६-३-ले जितेर म्याचलाई बराबरीमा पुऱ्याए। तेस्रो सेटपछि चाहिँ अल्काराजले इटलीका प्रतिद्वन्द्वीलाई अधिक मौका दिएनन्। चौथो सेटमा सिनरले म्याचमा फर्किने भरपूर प्रयास गरे पनि अन्तमा अल्काराजले ६-४-ले चौथो सेटको साथमा म्याच जिते। म्याच जितेपछि अल्काराजलाई निक्कै भावुक देखियो। यूएस ओपनको खिताब जित्नको साथै अल्काराज एटीपी वर्ल्ड ऱ्याङकिंगमा विश्वको नम्बर एक खेलाड़ी बन्ने पनि तय भयो। यसअघि उनी सेप्टेम्बर २०२३-मा अल्प समयको निम्ति विश्वका नम्बर एक खेलाड़ी बनेका थिए। यस साल अल्काराज र सिनरबीच लगातार तेस्रोपल्ट ग्राण्ड स्ल्याम फाइनलमा भिड़न्त भएको थियो। यसमा अल्काराजले फ्रेञ्च ओपन र यूएस ओपनको फाइनलमा सिनरलाई पराजित गरे। यसरी इटलीका खेलाड़ीले अल्काराजलाई पराजित गरी विम्बल्डनको खिताब जितेका थिए। सिनर लगातार पाँचौं ग्राण्ड स्ल्याम फाइनल खेल्न ओर्लिएका थिए, जसको शुरुवात १२ महिना अघि यूएस ओपनबाट नै भएको थियो। यसअघि रोजर फेडररले २००४-देखि २००८-सम्म लगातार ५ साल हार्ड कोर्टमा खेलिने यूएस ओपनको खिताब जितेका थिए। ट्रफी जितेपछि अल्काराजले भने, यो असाधारण अनुभव हो। म यस ट्रफीलाई उठाउनको निम्ति कठोर मेहनत गरिरहेको थिएँ। यो मेरो दोस्रो यूएस ओपन खिताब हो तर अहिले पनि मलाई यो सब सपना जस्तो लागिरहेको छ। अल्काराज र सिनरबीच पुरुष एकलको फाइनल म्याच हेर्न अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प पनि स्टेडियममा उपस्थित थिए।