शहीद गोल्ड कपः नर्थ ईष्टर्न रेलवेको रोमाञ्चक जीत

IMG-20250908-WA0007

कालेबुङ: युनाइटेड भेटरन्स क्लब, कालेबुङको तत्त्वावधानमा आयोजित शहीद गोल्ड कप फूटबल टुर्नामेण्टमा नर्थ ईष्टर्न रेलवे टीमले क्वार्टर फाइनलमा स्थान बनायो। मेला ग्राउण्डमा आइतवार खेलिएको रोमाञ्चक म्याचमा नर्थ ईष्टर्न रेलवेले सदर हिल्स एफसी (मणिपुर)-विरुद्ध १-०-ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट एकमात्र गोल सौभिक करले दशौं मिनटमा पेनल्टी बाट गोल गरे। टुर्नामेण्टमा जम्मा १६ वटा अग्रणी टीमले हिस्सा लिएको छ। टुर्नामेण्टमा स्थानीय टीमहरूको साथमा नेपाल, सिक्किम, मणिपुर, भूटान, बोडोल्याण्ड (असम), झारखण्ड, कलकत्ता र नर्थ-ईष्टर्न रेलवे को टीमले हिस्सा लिनेछ। टुर्नामेण्टको फाइनल २१ सेप्टेम्बरमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ८ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

यसरी रनरअप हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक समितिको तर्फबाट फूटबल चीफ कोअर्डिनेटर राजु ग्याबाक ले जानकारी दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement