लिभरपूल: भारतकी स्टार बक्सर लवलीना बोरगोहेनको प्रदर्शन वर्ल्ड च्याम्पियनशीपमा असल रहेन अनि उनले पहिलो राउण्डमै हारको सामना गर्नु पऱ्यो। खराब प्रदर्शनपछि लवलीनाले ट्रेनिंगमाथि निराशा व्यक्त गर्नको साथै प्रश्न उठाइन्। ट्रेनिंगको निम्ति कम्ती अवसर प्राप्त भएको बताउँदै स्टार बक्सरले उनलाई आवश्यकता अनुसार ट्रेनिंग हासिल नभएको दावी गरिन्। एक सालभन्दा अधिक समयपछि अन्तर्राष्ट्रिय प्रतियोगितामा फर्किने टोक्यो ओलम्पिककी काँस्य पदक विजेता लवलीनाले वर्ल्ड च्याम्पियनशीपमा ७५ किग्रा वर्गको प्री-क्वार्टर फाइनलमा तुर्कियेकी बुसरा इस्लिदारविरुद्ध ०-५-ले हारको सामना गर्नु पऱ्यो। भारतीय बक्सरलाई चीरपरिचित फर्ममा देखिएन। यस २७ वर्षीय महिला बक्सरले पेरिस ओलम्पिक र त्यसपछिका लड़ाइँहरूको निम्ति तयारीको अवधि कम्ती अनुभव प्राप्त भएकोमा निराशा व्यक्त गर्दै टोक्यो खेलहरू अघि प्राप्त भएको सहयोग प्रणालीसँग तुलना गरिन्। लवलीनाले एक्स-मा लेखेकी छन्, एक सालपछि मैले आफ्नो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामा हिस्सा लिएँ। मैले आफ्नो पहिलो लड़ाइँमै हारको सामना गर्नु पऱ्यो, जसले पीड़ा दिन्छ। यसपाली आशानुरुप प्रदर्शन गर्न नसक्दा मलाई खेद छ। मैले अहिलेसम्म आफ्नो ट्रेनिंगलाई छोड़ेर अन्य कुनै कुराको निम्ति लड़ाइँ गरेकी छुइनँ। मैले कहिले विलासिताको चीजहरू मागिन। म केवल असल ट्रेनिंग माग्छु। टोक्यो ओलम्पिक अघि हामीसँग असल अन्तर्राष्ट्रिय शिविर थियो। मैले ट्रेनिंगको निम्ति अन्तर्राष्ट्रिय जोड़ीदारको निम्ति अनुरोध गरेकी थिएँ तर पेरिस ओलम्पिक अघि मलाई थोरै प्रतियोगिता र अन्तर्राष्ट्रिय शिविरको अवसर प्राप्त भयो। एकजना असल जोड़ीदार बिना आफ्नो प्रदर्शनमा सुधार असम्भव छ। पेरिस ओलम्पिकमा पनि म एक्लो थिएँ। मैले बारम्बार आफूलाई साबित गर्नु पर्छ अनि खेलमा शारीरिक शक्तिको साथमा मानसिक शक्ति पनि महत्त्वपूर्ण हुन्छ। आफ्नो देशको निम्ति सबैथोक दिएर पनि मलाई त्यो ट्रेनिंग र कोच प्राप्त भएन, जसको मलाई वास्तवमा आवश्यकता थियो। म हरेक लड़ाइँमा एक्लै नै मुश्किलहरूको सामना गर्दै आएकी छु। मैले वर्तमान कोच र टीमका सदस्यहरूलाई दोष दिएकी पनि होइन। उनीहरूले सदा मलाई साथ दिए तर नयाँ केही सिक्नमा सदा सामान्य समय लाग्छ।