ट्रम्पको भन्सार नीतिले नेपाललाई फाइदा

nepal-us-flag-1330374

झापा: अमेरिकाको भन्सार नीतिका कारण नेपाली तयारी पोशाक र पस्मिनाको निर्यात बढ्ने देखिएको छ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै भारत, भियतनाम र बङ्गलादेशमा लगाएको भन्सार महसुलका कारण त्यसको फाइदा नेपालले लिन सक्ने देखिएको हो।
आइतबारको गोरखापत्र दैनिकमा समाचार छ,केही देशका उद्योगी व्यवसायी नेपालमा लगानीको सम्भावना बुझ्न आउन थालेका छन्
अमेरिकाले केही समयअघि भारतलाई ५० प्रतिशत, बङ्गलादेश र भियतनामलाई २०-२० प्रतिशत भन्सार महसुल लगाएको छ। यस्तै नेपाल र भुटानलाई लगाइएको भन्सार महसुल दर १०-१० प्रतिशत छ।
यस आधारमा भारत, बङ्गलादेश र भियतनामबाट अमेरिकामा निर्यात हुने तयारी पोसाक, गलैँचा कार्पेट, जडीबुटी, पस्मिनालगायतका वस्तु निकै महँगो हुने भएको छ। यसकारण नेपालबाट ती वस्तुको निर्यात बढ्ने देखिएको हो। चर्को भन्सार महसुलका कारण उत्पादनको लागत महँगो पर्दा अमेरिकी बजारमा सामान निर्यात हुन समस्या हुन्छ।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको भन्सार नीतिका कारण बजार हिस्सा गुमाउने डरले गर्दा भारतसहित तीन मुलुकका तयारी पोसाक र गलैँचा उद्योगीले नेपालमा लगानी गर्न इच्छा देखाएको नेपाल तयारी पोसाक सङ्घले जनाएको छ। सङ्घका अनुसार नेपालबाट निर्यात गर्दा भारत, बङ्गलादेश र भियतनामको तुलनामा निकै सस्तो पर्ने भएकाले ती मुलुकले नेपालको तयारी पोसाक, गलैँचा, जुत्ता र जडीबुटी उद्योगमा लगानी गर्न चासो देखाएका हुन्।
व्यापार विज्ञ रविशङ्कर सैँजूले अमेरिकी भन्सार नीतिका कारण नेपालले लाभ लिने ठाउँ भए पनि त्यसका लागि उपयुक्त वातावरण सिर्जना गर्नुपर्ने बताए। निर्यात बढाउन स्वदेशी वस्तुको उत्पादनसँगै उत्पादकत्व वृद्धि गर्न आवश्यक रहेको उनको भनाइ छ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले अमेरिकी भन्सार नीतिले नेपाली तयारी पोसाकलाई निर्यात बढाउने ठूलो अवसर प्रदान गरेकाले यसको सही सदुपयोग गर्नुपर्ने बताए। अमेरिकी ‘ट्यारिफ’ बाट लाभ लिन लगानीको अभाव हुने मन्त्री भण्डारीले दाबी गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement